धार्मिक स्थलमा नित्यपूजा मात्र गर्न पाइने

२ माघ, काठमाडौं । सरकारले मठमन्दीर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ । सरकारले जारी गरेको ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै नित्यपूजा/ध्यान मात्र गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

माघ २ गतेदेखि कोराना विरुद्धको बुस्टर डोज

काठमाण्डौ । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र माघ १४ गतेदेखि...

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

काठमाडौँ । माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने निर्वाचन आयोगले बताएको छ । शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका थिए । आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै...

कपिलवस्तुमा श्रीमतीलाइ जलाएर मार्ने श्रीमान ७ बर्षपछि पक्राउ

कपिलवस्तु जागरण ।। पुष २८ , कपिलवस्तुः कपिलवस्तुमा श्रीमतीलाई जलाएर मारेपछि फरार रहदै आएका श्रीमान पक्राउ परेका छन । श्रीमति साबिक भिल्मी गाबिस वडा नं.९ हाल कृष्णनगर नगरपालिका–६ श्रीनगरकी २१ बर्षिया किस्लावती चमारलाई जलाएर मारेपछि भागेको सिद्धार्थनगर तहशिल नौगढ धन्सा ग्राम बस्ने बर्ष २३ का मुलायम चमार पक्राउ परेका हुन...

तरकारी जाेनको अध्यक्षमा त्रिभुवन कुर्मी

कपिलवस्तु जागरण ।। कपिलवस्तु २९ पाैष, कपिलस्वस्तु स्तरीय तरकारी जाेन संचालन समन्वय समितकाे गठन कार्य सम्पन्न भएकाे छ । तरकारी कृषक समुह, कृषि फार्म संचालकहरूकाे एक भेलाले बुद्धभुमि नगरपालिका वडा नं. १० का त्रिभुवन कुर्मीकाे अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेकाे छ । लुम्बिनी प्रदेशकाे समन्वय समिति कपिलवस्तुमा रहेकाे कृषि...

५ हत्या मुद्दाका आरोपितलाई सफाइ

काठमाडौँ — बादशाह भनिने ‘मोस्ट वान्टेड’ नसिम अहमद खानले कर्तव्य ज्यानका ५ मुद्दामा एकै पटक सफाइ पाएका छन् । थुनामा रहेका उनीविरुद्ध कर्तव्य ज्यानका ६ मुद्दा थिए । ०६४ माघपछि ९/१० वर्षयता भएका ६ वटा हत्याकाण्डमा उनको नाम जोडिएको थियो । आइतबार र सोमबार पक्ष–विपक्षका कानुन व्यवसायीको बहस पैरवीपछि कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश...

आर्या बचत तथा ऋण सहकारी संस्थाको तेह्रौ बार्षिक साधारण सभा सम्पन्न

कपिवस्तु जागरण ।। ताैलिहवा २८, आर्या बचत तथा ऋण सहकारी संस्था लि. कपिलवस्तुको तेह्रौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा आर्या बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष प्रकास घिमिरेको अध्यक्षता र लुम्बिनी प्रदेश ग्रामीण पर्यटन विकास राज्य मन्त्री रिना नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा...

सवारी दुर्घटनामा परि भलवाडका भुसालको मृत्यु

बाणगंगा, जितपुर । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सवारि साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आवर विज्डम बोर्डिङ स्कुलको अगाडि गएराती सवारी साधनको ठक्करबाट भलवाड ९ का प्रज्वल भुसालको मृत्यु भएको हो । पिपरामा रहेको काठमाडौ भेली एण्डका संचालक समेत रहेका भुसाललाइ सवारी साधनले ठक्कर दिदा...

तपाँइको मास्क खोई अभियानमा इ.प्र.का.पकडी ।।

शत्रुघन खरविन्द ,पुष २७ ,कपिलवस्तु ।। कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको दर फैलदै गएपछि तपाई को मास्क खोई? अभियानमा इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तु जुटेको छ । “म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन पे्ररित गर्दछु ” भन्दै तपाई को मास्क खोई? अभियानमा इलाका प्रहरी कार्यालय पकडी जुट्ेको हो ।...

शिक्षामा कोभिड प्रतिकार्य टोल शिक्षाप्रशिक्षक प्रक्षिण तालिम शुरु

रामसेवक यादव, कपिलवस्तु जागरण, २६ पौष २०७८, रूपन्देहीः बालबालिकाहरुको सिकाइलाई प्रतिकुल अवस्थामा पनि निरन्तरता दिने तथा सिकाइ उपलब्धीलाई प्रभावकारी बानाउने उद्देश्यका साथ आज देखि शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत ४ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । कोभिड लगायतका महामारी तथा अन्य प्राकृतिक तथा मानवीय विपत्तिमा पनि बालबालिकाहरुको सिकाइलाई...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group