संबाद पछि कपिलवस्तु अस्पताल लाई १ लाख ११ हजार ।

मिति २०७८।०२।०१ गते
कपिलवस्तुमा अन्य जिल्लाहरुको तुलनामा पच्छिल्लो चरणमा कोरोनाको संक्रमण दर र मृत्यु दर तेजिलो गतिले बृद्धिभईरहदा अस्पतालमा अक्शिजन र बेडको अभावमा मानिसहरुको मृत्यु दर बढीरहेको थियो यसै बेला संबाद समूह कपिलबस्तुले २ वटा संस्था  सनशाईन सामाजिक बिकास संस्था र यूनाईटृड मिसन टु नेपाल संग कोरोना कहरमा संघ संस्थाको भूमिका बिषयक छलफल यही बैषाख २६ गते छलफल गरेको थियो ।

छलफल पश्चात आज सनशाईन सामाजिक बिकास संस्थाले कपिलबस्तु अस्पतालका बिरामीहरुको लागी चाहिने अक्सिजन सहितको स्वास्थ्य सामग्री खरिदकोलागि १ लाख ११ हजार रुपैया को चेक हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष राम सेवक यादवले कपिलवस्तु अस्पतालका नि. मे. सु. डाक्टर गणेश क्षेत्री र ब्यवस्थापक रत्नाकर शुक्ला लाई हस्तान्तरण गर्नु भएको  हो ।

संस्थाको सानो सहयोगले पनि बिरामीहरुको घाउमा मलम लगाउन सकिने आशा संस्थाका अध्यक्ष राम सेवक यादवले गर्नु भएको छ । त्यसै गरि डा. गणेश क्षेत्रीले यस महामारीको बेला संस्थाले बिरामीहरुको स्वस्थ्य उपचारमा सहयोग गर्नु भएकोमा ध्न्यबाद ज्ञापन गर्नु भएको थियो ।

गुणस्तरिय शिक्षा अभिबृद्धिको लागि कम्प्यूटर ल्याब ।

बिद्यार्थीहरुको सिकाईमा गुणस्तरिय शिक्षा अभिबृद्धिको लागि कपिलवस्तुमा एक संस्थाले अग्रसरता देखाएको छ । कम्प्यूटर ल्याब स्थापना गरि मायादेबी गाउँ पालिका र यशोधरा गाउँ पालिकाका बिद्यार्थीहरुलाई लच्छित गरी पहिले चरणमा ४ वटा बिद्यालय बाट शुरु गरिएको छ ।जिल्लाको सनसाइन सामाजिक बिकास संस्थाले यूनाईटेड मिसन टु नेपाल र एडु टेक को सहकार्यमा...

समसमायिक बिषयमा केन्द्रित रही संबाद समूह कपिलवस्तुको नियमित बैठक सम्पन्न

कपिलवस्तु संबाद समूहको नियमित बैठक जिल्लाको बिभिन्न बिषयबस्तुहरुमा केन्दिैत रही यही चैत्र १४ गते सम्पन्न भएको छ । संबाद समूहले बिगत करिब ३ बर्ष देखी कपिलबस्तुमा शान्ति समृद्धि र सुशासन अभिबृद्धिको कार्यमा सकृय रहेको छ । हाल जिल्लामा देखिएको जातिय , बर्गिय , लैगिंकता , सुशासन र अधिकारकरको बिषयमा केन्द्रित...

नेपाल सरकार र ‘विप्लव’ बीच तीन बुँदे सहमित

काठमाडौँ २० फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच तीन बुँदे सहमित भएको छ। बिहीबार सरकार र विप्लवबीच सहमति पत्रमा हस्तारक्षर गरि सहमति गरेको हो।

विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री थापाको नेतृत्वमा समिति गठन

काठमाडौं १७ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ । मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ । विप्लव समूह स्रोतले  भन्यो, ‘सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ...

चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन

काठमाडौँ — सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा चन्द समूहसँग वार्ताका लागि टोली गठन गरिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् । मंगलबार...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group