
कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे वडा नं ६ बगहा बाटो नजिकै रहेकोे खाल्डोमा चम्पा बोहराको छोरा टिका बोहरा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ ।
मृतकको पहिचान खुलेको र शव पोस्टमार्टमको लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको बिष्टले बताउनु भयो । शुक्रबार राति १ बजे घर बाट हराएको भन्ने थाहा पाए पछि प्रहरी घटना स्थलपुगेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
