लैंगिक हिंसा न्यूनीकरणका लागी ढकिया दौड

कपिलवस्तु जागरण (राम बालक यादव)
कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं. २ अभिराँवमा लैंगिक हिंसा न्यूनीकरणका लागि महिला महिला बीचको ढकिय दौड प्रतियोगीता आज भएको छ ।लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत उक्त दौडको प्रतियोगिताको आयोजना दलित सामाजिक बिकास केन्द्र द्धारा संचालित (सिवाईसीसी) परियोजनाको सहयोगमा भएको थियो । प्रतियोगिताको आयोजना स्थानिय लुम्बिनी यूवा समाजले गरेको थियो भने समन्वय प्रगतीशील युवा समाजले गरेको थियो ।

समाजमा भईरहेको बिभिन्न किसिमको हिंसालाई न्यूनीकरण गर्ने र महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले महिलाहरु बीच ढकिया दौड आयोजना गरिएको कुरा परियोजना युवा संलनता सहायक अधिकृत परशुराम निगमले बताउनु भएको छ ।
प्रतियोगितामा संस्था द्धारा संचालित बिभिन्न आय आर्जन समूहका १२ जना महिलाहरुले सहभागी भएका थिए । प्रतियोगितामा सहभागी सबै जनालाई संस्थाले पुरस्कारको ब्यवस्था गरेको थियो । कपिलवस्तुको दक्षिणी क्षेत्रका महिलाहरुको लागी यो नौलो प्रतियोगिताको रुपमा रहेको कुरा युवा कल्बका अध्यक्ष शिवचन्द्र कोहाँरले बताएका छन् ।

दौड प्रतियोगितामा उर्मिला देबी कोहाँर प्रथम ,सुमित्रा चौधरी दुतिय , मिना कुर्मी तृतिय स्थान हाँसिल गरेका थिए । बिजयी तथा सन्तावना स्थान प्राप्त गरेका सबैलाई संस्थाले पुरस्कृत गरेको थियो ।
ढकिया दैड प्रतियागिता शिव चन्द्र कोहाँरको अध्यक्षता , वडा सचिव भिम नाथ शर्माको प्रमुख अतिथ्यता , अजय कुमार हरिजनको संचालन तथा सुनिता कुमारी कोहाँरको स्वागतमा सम्पन्न भएको हो ।

भर्खरै
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group