कपिलवस्तु मंसिर १६, नागरिक तथा अन्य उमेर समूहरुका ब्यक्तिहरुको आँखामा लाग्ने रोगको समस्या बढ्दै गएको बेला नागरिकहरुको बिशेष अनुरोधमा बुद्धभूमि नगरपालिका वार्ड नं. १० मा निशुल्क आँखा शिबिर संचालन भएको छ ।
यहि मंशीर १४ गते भएको निशुल्कआँखा शिबिरमा वार्ड नं. १० तथा छिमेकी वडाका गरि २ सय ९८जनाले आँखा परिक्षण गराएको वाडाध्यक्ष सन्दीप पाण्डेयले बताउनु भएको छ । वडाको बिभिन्न बस्तीहरुमा जाँदाअधिक्तम रुपमा जेष्ठ नागरिकहरुले आँखाको समस्या बताईरहँदा उहाँले वडा कार्यालयको आयोजनामा शिबिर संचलन गरिएको कुरा बताउनु भयो ।
कपिलवस्तु नेत्र ज्योती संघको प्राबिधिक सहयोगमा संचालन गरिएको शिविरबाट ८१ जनामा जटिल किसिमको समस्या देखिएकोले अप्रेशनको लागि तौलिहवा आँखा अस्पतालमा पठाईएको छ । जसमध्ये २१ जनाको अप्रेशन १५ गते सफलभएको छ भने आज ४० जनाको अप्रेशन भईरहेको छ । त्यसै गरी बाँकी २० जनाको अप्रेशनआईतवार गर्ने जनाईएको छ । अप्रेशन हुने मध्ये बढी ज्येठ नागरिकहरु रहेको र त्यसमा पनि बढी मोतिबिन्दु र आँखामा माशु पलाएकाहरु रहेका छन् । यसरी गाउँमै आँखा जाँच गरी नि शुल्क रुपमाआँखाको अप्रेशनगर्न पाईएकोमा बिरामीहरु खुशी ब्यक्त गरेका छन् ।
