२ सय ७० जनाको आँखा जाँच गर्दा ४५ जनामा मोतिया बिन्दु देखियो

तुलसीराम यादव ( कपिलवस्तु जागरण )
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० स्थित सनशाईन सामाजिक बिकास संस्थाको भवनमा आज संचालन भएको नि ःशुल्क आँखा जाँच शिविरमा २ सय ७० जनाको आँखा जाँच गर्दा ४५ पैतालिस जनामा मोतिया बिन्दु देखिएको छ ।
आज बिहान ८ बजे देखी साँझ ५ बजे सम्म संचालन भएको नि ःशुल्क आँखा जाँच शिविर बाट उक्त कुरा पता लागेको छ । सनाईन सामाजिक बिकास संस्थाको आयोजन , बुद्धभुमी नगरपालिका वडा नं. १० को समन्वय र सिद्धार्थ नेत्रालय तौलिहवाको प्राबिधिक सहयोगमा उक्त शिविर संचालन भएको थियो ।

शिविरमा आएका आँखा का बिरामीहरुमा गम्भीर किसिमका रोग देखिएमा नि ःशुल्क रुपमा अपे्रशन गर्ने , आँखा जाँच नि शुल्क रुपमा भएको र समान्य अवस्थाका बिरामीहरुलाई औषधी दिएर पठाईएको कुरा आयोजक संस्थाको अध्यक्ष कृष्ण कुमार श्रेष्ठ ले बताउनु भएको छ ।
मोतिया बिन्दु जस्ता रोग देखिएका बिरामीहरुलाई यही श्रावणको २७ गतेका दिन अप्रेशनका लागी सिद्धार्थ नेत्रालय तौलिहवामा बोलाईएको कुरा प्रबिधिक टीमका प्रमुख सुदन वाग्ले ले जानकारी दिनु भएको छ ।

गरिब बिपन्न समुदायका मानिसहरुलाई लच्छित गर्दै आयोजना गरिएको नि ःशुल्क आँखा जाँच शिविर बाट २ सय ७० जनाले सहयोग पाएको कुरा सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताउनु भयो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group