
कपिलवस्तु जागरण
मायादेबी गाउँपालिका भित्रका बिभिन्न सामुदायिक बिद्यालयका शिक्षकहरुको सहभागितामा ५दिने सृजनात्मक लेखन तालिम ((Creative Writing Training))तौलिहवामा शुरु भएको छ ।
मायादेबी गाउँपालिकाको आर्थिक सहयोगमा र तौलिहवा स्थित ओशो जेन लुम्बिनी को आयोजनामा शिक्षकहरुको सृजनात्मक लेखन क्षमता अभिबृद्धिको उद्धेश्यले यो तालिम संचालन भईरहेको छ । उक्त तालिम तौलिहवाको होटल काब्या इन्टरनेशनल मा भईरहेको छ ।

अषाढ १४ गते देखी संचालन भएको यस ५ दिने तालिममा जम्मा २१ जना शिक्षक शिक्षिकाहरु सहभागी भएका छन् । तालिम पश्चात सहभागीहरुमा नविन्तम तथा सृजनात्मक दृष्टिकाणको बिकास , जिवनमा सकारात्मकता तथा सृजनशिलताको प्रष्फुटन,अन्वेषण संगै सृजनात्मक लेखन सीपको बिकास अध्धययन अध्यापनको बिकास गरी क्षमता अभिबृद्धिमा टेवा पुर्याउने प्रयास स्वरुप संचालन भएको यस सृजनात्मक लेखन तालिमका प्रशिक्षक राम अचल यादव (स्वामी चैतन्य) ले जानकारी गराउनु भएको छ् ।

तालिम सत्रहरुको सहजीकरण लोट्स सुत्र ध्यान केन्द्रका संयोजक (स्वामी चैतन्य) , कपिलवस्तु बहुमुखी क्याम्पस मानविकी संकाय प्रमुख बिष्णु सिंह रायमाझी, लोट्स सुत्रका राजकुमार यादव संगै तालिम सत्रहरुमा समुह कार्य तथा प्रयोगात्मक प्रस्तुती छत्रपाली तिर्थादेबी माध्यमिक बिद्यालय पकडीका अंग्रेजी शिक्षक चिरञ्जिबी पौडेल र अन्य सहभागीहरुले गर्नु भएको छ ।

