संस्थाको वार्षिक उत्सवमा रक्तदान कार्यक्रम

राम बालक यादव
दलित सामाजिक बिकास केन्द्रको २१ आंैं वार्षिक उत्सवको अवसरमा संस्थाले आज रक्त दान कार्यक्रमको आयोजना गरेको थियो । रक्तको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन न परोस र कपिलवस्तुको दक्षिणी क्षेत्रमा पनि रक्त दान गर्नु पर्छ भन्ने जनचेतना फैलाउने उद्धेश्यले र संस्थाको वार्ष्िाक जन्म उत्सको मौका पारी कार्यक्रमको आयोजना गरिएको कुरा संस्थमाका कार्यकारी र्निदेशक राम शरन रैदासले बताएका छन् ।

रक्त दान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखाको प्राबिधिक टीमले सहयोग गर्नु भएको थियो । संस्थाका अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा कार्यक्रममा भएको हो । कार्यक्रममा १४ जनाले रक्तदान गर्नु भएको कुरा नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाका मन्त्री तथा रक्त संचार संयोजक सन्ताेष श्रीवास्तवले बताएका छन् । उहाँले रक्त संचार शाखामा जहिले पनि रक्तको अभाव भईरहने भएकोले समाजमा रक्त दान गर्नु पर्छ भन्ने सन्देश फैलाउन जरुरी रहेको बताउनु भएको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group