यदुवंशी युवा समाज द्धारा कृष्णा जन्म उत्सव कार्यक्रम

रामबालक यादव
कृष्णा जन्म अष्टमीको अवसरमा यदुवंशी युवा समाज कपिलवस्तुको आयोजनामा कृष्ण जन्म उत्सव तथा शुभकामना अदान प्रदान कार्यक्रम आज कृष्णनगरमा सम्पन्न भएको छ । कृष्णनगर उद्योग बाण्ज्यि संघको सभाहालमा भएको कार्यक्रममा कपिलबस्तु जिल्ला भरिका यादवहरुको प्रतिनिधित्व रहेको थियो ।
यदुवंशी युवा समाज कपिलवस्तुका अध्यक्ष निरहु यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा समाजसेवी रामबरण यादव , बिशिष्ठ अतिथीमा लुम्बिनी प्रदेश सभासदस्य तथा पुर्ब मन्त्री जानकी प्रसाद यादव , पुर्ब भौतिक तथा पुर्बाधार मन्त्री सहसराम यादव रहनु भएको थियो । अन्य अतिथीहरुमा कपिलवस्तुको १० वटै स्थानिय तह बाट निर्वाचित यादव समुदायको वडा अध्यक्ष तथा विभिन्न तह तपकामा कार्यरत ब्यक्तिहरु रहेका थिए ।


कार्यक्रममा शुभकामना अदान प्रदान तथा संस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । कृष्णा जन्म अष्टमीको अवसर पारी यदुवंशी युवा समाज कपिलवस्तुले कपिलवस्तुका यादव समुदाय लाई एक ठाउँमा ल्याउन सफल भएकोमा सबैले प्रसंशा गरेका थिए । करिब ६ सय भन्दा बढी संख्यामा सहभागी भएका यादव समुदाय लाई एक जुट भई शिक्षा , स्वास्थ्य र राजनीतीमा सहभागिता बढाउनको लागी कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।


कार्यक्रमका प्रमुख अतिथी समाजसेवी रामबरण यादवले कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरु यदुवंशी युवा समाजले अफ्‌ना समुदायको बिकासकोलागी जिल्ला भरिका हरेक पालिकाहरुमा गर्नु पर्ने आवश्यक रहेको बताउनु भएको थियो ।कार्यक्रममा बोल्दै पुर्ब मन्त्री जानकी प्रसाद यादव ले जब सम्म हाम्रो यादव समाजका ब्यक्तिहरु शिक्षा र राजनितीक क्षेत्रमा अगाडी बढदैनन् तब सम्म यादव जाती पछि नै परिरहने बताएका थिए ।

साथै पुर्ब मन्त्री सहस राम यादवले हामी यादव समुदाय अन्यको तुलनामा सक्षम छौ तर हामी एक जुट न हुनुका कारणले अन्यले फाईदा उठाई रहेको कुरा बताएका थिए । त्यसै गरी जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले शुभकामना मनतब्यको क्रममा नेपालमा यादव बंशावलीका इतिहास र यादव समाजले राष्ट्रनिर्माणमा खेलेको भुमिकाको प्रशंसा गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group