
कपिलवस्तु जागरण
किसानले समयमा खेती गर्नको लागी सहज रुपमा मलखाद न पाएको बिरोधमा जनता समाजवादी पार्टी नेपालले आज दिउँसो जिल्ला प्रशासन कार्यालय कपिलवस्तु अगाडी एक घण्टा धर्ना कार्यक्रम र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्य गरेकाें छ ।
नेपाल कृषि प्रधान देश भनिए पनि किसानले खेतीपातीको समयमा सहज रुपमा बिउ बिजन र मलखाद समयमा न पाउँदा पिडित हुदै आएका छन् । यस बर्ष कपिलवस्तुमा समयमै धानको रोपाई सकिए पनि मलखाद न पाउँदा किसानहरु चिन्तित बनेका छन् । सरकारले किसानलाई सहज रुपमा मलखाद उपलब्ध गर्न सकिरहेको छैन । एका तिर किसानले पाउने मलखान पाएका छैनन भने आर्को तिर मल खाद बितरक संस्थाहरु द्धारा कालो बजारी समेत बढेको छ ।

किसानले पाउने मलखाद किसानको घर सम्म न पुग्दै बाटो बाटै कालो बजारी भई किसानले महगो रुपमा मल खाद किन्न बाध्य भएका छन् । किसनले भारत बाट लुकी छुपी ल्याउने गरेको मलखाद लाई प्रहरीले जफत गर्ने गरेको किसानहरुको आरोप छ । यि सबै कार्यको बिरोधको लागी जनता समाजवादी पार्टीले आज १ घण्टे धर्ना कार्यक्रम र प्रमुख जिल्ला अधिकारी दिल बहादुर तमाड. लाई ज्ञापन पत्र बुझाउने कार्य गरेको हो । पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा गएको किसान तथा नेताहरुको एक टोलीले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिल बहादुर तमाड.ले किसानहरुले उठाएको माग जायज हो । किसानहरु वास्तवमा मलखाद न पाउँदा पिडित नै रहेका छन् । यस बिषयमा प्रधान मन्त्रीले पनि चासो लिएको उहाँले बताउनु भयो । साथै किसानहरले खेतीपातीको लागी भारत बाट ल्याई रहेको दुइ चार बोरा मल खादको लागी कुनै पनि प्रहरी र सुरक्षा निकायले दखल न पुर्याउने प्रमुख जिल्ला अधिकारीको भनाई रहेको छ ।