
कपिलवस्तु जागरण
घटना यही भादौ ८ गते आईतवार बिहान ४ बजेर ४५ मिनेट जाँदाको हो । कपिलवस्तु नगर पालिका वडा नं. ८ पुर्ब मैनिहवा बस्ने बर्ष ५४ को राम शारन अहिर हरेक दिन झै एका बिहानै आफ्न भैसीलाई लिएर चराउनको लागि बाटो काटीरहेका थिए ।
पुर्ब पश्चिम हुलाकी मार्गमा तिब्र गतिमा गुडेर आएको भारतिय यु.पी.१२ बी जे ९९९७ को गाडीले ठक्कर दियो र गाभिन भएको एक भैंसीको तुरुन्त ज्यान गयो र भैंसी चराउन गएका राम शारन अहिर लाई टाउको र शरिरको अन्य भागमा चोट लागी बेहोस भए । बेहोस रहेका राम शरनलाई स्थानियले तत्काल उपचारको लागी भैरहवा स्थित सिद्धार्थ सिटी हास्पिटल पुर्याएका थिए ।

उता घटना गराउनेमा अरुकोही थिएन । राम शरनले करिब २५ बर्ष देखी हरेक दिन बिहान ताजा दुध खुवाउदै आएका कपिलवस्तु नगरपालिका वडा नं.१ मलटोल बस्ने सन्तोष कसौधनका करिब २८ बर्षिय छोरा अमरदीप कसौधन रहेको कुरा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पिडितले दिएको जाहेरी बाट खुल्न आएको छ । आफैलाई बर्षौ देखी दुध खुवाउदै आएका रामशरन अहिरलाई ठक्कर दिएको जानकारी हुदा हुदै पनि उपचारको लागी सहयोग नगरी गाडी लिई फरार भएको परिवार जनको आरोप रहेको छ । अमरदीपले सोही दिन करिब ११ बजे बाट घर छोडी भारत तिर फरार रहेका छन् ।

सिद्धार्थ सिटी हास्पिटलमा ४ दिन सम्म उपचार गराउँदा पनि होसमा न आएका अहिर लाई थप उपचारको लागी लखनउ लैजाने क्रममा उनको बाटोमै बुधवार राती करिब १० बजे मृत्यु भएको हो । पुर्ब पश्चिम बाटो लबनी बाट बिहान ४ बजेर ४२ मिनेट जाँदा हिडेको कार ४ बजेर ५० मिनेटमा नेपाल बिद्युत प्राधिकरणको कार्यलय तौलिहवा अगाडी पुगेको थियो । गाडी निज अरोपीको घरबाट प्रहरीले बरामद गरेको छ भने आरोपी अझै फरार रहेको कुरा प्रहरीले जनाएको छ । मृतकलाई राती नै नेपालमा फर्काईएको थियो । राती नै शवलाई घर लैजाने वातावरण न भई तौलिहवा अस्पतालको शव गृहको चिस्यान केन्द् बिग्रेकोले शव पिपरा अस्पतालमा राती राखिएको थियो । १२ गते बिहीवर बिहान परिवार जनले प्रहरीमा लिखित जाहेरी दरखास्त दिएपछि हिन्दु धार्मिक परम्परा अनुसार परिवार जनले पबित्र नदी राम घाटमा दह संस्कार गर्नु भएको हो ।