बुद्ध बिहार संघ कपिलवस्तुको आयोजनामा धम्म प्रशिक्षण

कपिलवस्तु जागरण
बुद्ध बिहार संघ कपिलवस्तुको आयोजनामा एक दिने धम्म प्रशिक्षण कार्यक्रम आज बुद्धभुमी नगरपालिका वडा नं. १० चेतरादेईमा सम्पन्न भएको छ ।प्रशिक्षण (जागरण )कार्यक्रममा कपिलवस्तु जिल्ला लगाएत भारतका बलरामपुर , गोण्डा र सिद्धार्थनगर जिल्लाका बुद्ध अनुयायी ब्यक्तिहरुको पनि सहभागिता रहेको थियो । आज प्रथम बुद्ध संगीतको शुरुवात भएको दिन अर्थात श्रावण पुर्णिमाको दिनलाई अवसर पारी कार्यक्रमको आयोजना गरिएको कुरा आयोजकले जनाएको छ ।

कार्यक्रम बुद्ध बिहार संघ कपिलवस्तुका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गौतम बुद्धको जिवनी तथा वाणी र भारतका संबिधान लेखक बाबा अम्बेडकर को जिवन र उहाँहरुले समाज परिवर्तनमा पुयाएको योगदानको चर्चा गर्दै समाजमा भईरहेको बिभिन्न आडम्बर र वादहरुमा न फस्न बताईएको थियो । मानिसहरुलाई बिभिन्न धर्महरुको नाममा आडम्बरमा फसाई केही धर्मका ठेकेदारहरुले फाईदा लिईरहेको र समाजलाई बिभिन्न धर्मको डर देखाई आफ्‌नो दुनो साेझाई रहेको बताईएको थियो ।
प्रशिक्षण कार्यक्रममा हिन्दु धर्म ग्रन्थहरुमा लेखिएका शब्द , श्लोक ले भन्न खोजेका कुराहरुको प्रष्ठ ब्याख्या गरिएको थियो । कार्यक्रममा भारतको गोण्डा जिल्ला घर भएका पुर्ब प्रोफेसर ए .के नन्दले प्रशिक्षण दिनु भएको थियो । उहाँले समाजलाई अडम्बर बाट बच्न , सही बाटो रोज्न र सामाजिक न्यायमा लाग्नको लागी सबै प्रशिक्षार्थीहरुलाई अग्रह गर्नु भएको थियो ।प्रशिक्षण कार्यक्रममा करिब ७० जनाकाे सहभागिता रहेकाे थियाे ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group