५० हजार भन्दा बढी नागरिकताहरुका अभिलेख डिजिटाईज्ड

   कपिलवस्तु जागरण
जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुले २०४७ साल भन्दा अघि बितरण गरेको नागरिकता प्रमाण पत्रको अभिलेख नेपाली कागजको रजिष्टरमा न राखी सामान्य रजिष्टर राखेको कारणले जिर्णभई कतिपय नष्ट भईसकेको अवस्थामा रहेको छ । त्यस्ता रजिष्टरमा रहेका कतिपय अभिलेख (सीसीआईएमएस) सिस्टममा समेत प्रष्ट गर्न न सकेको कुरा जिल्ला प्रशसन कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार ८१ थन रजिष्टरमा रहेका र जिर्ण अवस्थामा पुगेका कपिलवस्तुका ५० हजार भन्दा बढी नागरिकताहरुको अभिलेखलाई CAMSCASNER मार्फत स्क्यान गरी डिजिटाईज्ड माध्ययमले राखिएको कुरा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएकाे छ ।
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group