
कपिलवस्तु जागरण :
झोलुङ्गे पुल निर्माण गर्नको लागि बाणगंगा नदीको रहेकाे मोतिनगर घाटमा आज अनुगमन गरिएको छ । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १० बाणगंगा नदीको किनारमा रहेको मोतिनगर गाउँको घाटमा झुलेङ्गे पुल निर्माण कार्यको लागि भौतिक पुर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव अमृत श्रेष्ठको नेतृत्वको टोलिले अनुगमन गरेको हो ।
अनुगमन टोलीमा सचिव अमृत श्रेष्ठ सहित प्राविधिक टिम, सडक पुर्वाधार कार्यालय कपिलवस्तुका प्रमुख हितेन्द्र रायमाझी, बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सन्दीप पाण्डेय, सामाजसेवी परसुराम यादव , राम सेवक यादव , बुद्धभुमि नगरपालिका वडा नम्बर १० मोतिनगर गाउँका स्थानीय जनताको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री तथा जनता समाजबादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशका संस्दीय दलका नेता सहसराम यादवको प्रतिबद्धता अनुसार झोलुङ्गे पुल बन्न लगेको छ ।
२०७८ भदौ १९ गते जनता समाजबादी पार्टी (जसपा ) नेपाल बुद्धभूमि नगरपालिका वडा नम्बर १० ले स्वागत तथा सम्मान कार्यक्रम गर्दा पूर्वाधार मन्त्री सहसराम यादवले बाणगांग नदीको मोतिनगर घाटमा झुलङ्गे पुल निर्माण गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मन्त्री सहसराम यादवको प्रतिबद्धता अनुसार झुलङ्गे पुल बन्न लागेको वडा अध्यक्ष सन्दीप पाण्डेयले बताउनु भएको छ ।
झुलङ्गे पुल निर्माण भएपछि किसानलाई कृषि काम गर्नमा सजिलो हुने, २ किलोमिटर बटो हिडेर जने बध्यात हाटेर आवातजावत गर्न सजिलो हुने, स्थानीयको लागि दुर्घटन कम हुने स्थानीय समाजसेवी शिवलाल यादवले वताउनु भएको छ ।