बुद्धभूमि १० मा शिबिर संचालन

कपिलवस्तु मंसिर १६, नागरिक तथा अन्य उमेर समूहरुका ब्यक्तिहरुको आँखामा लाग्ने रोगको समस्या बढ्दै गएको बेला नागरिकहरुको बिशेष अनुरोधमा बुद्धभूमि नगरपालिका वार्ड नं. १० मा निशुल्क आँखा शिबिर संचालन भएको छ ।यहि मंशीर १४ गते भएको निशुल्कआँखा शिबिरमा वार्ड नं. १० तथा छिमेकी वडाका गरि २ सय ९८जनाले आँखा परिक्षण...

यौन शिक्षा भनेको यौन क्रियाकलाप होइन : मनोविद् करुणा कुँवर

१ मंसिर, काठमाडौं । हिजोआज शहरी भेगका मात्रै होइन ग्रामीण भेगका बालबालिका समेत इन्टरनेटको सोझो पहुँचमा छन् । भिडियो गेमको लत होस् या त अनलाइन अध्ययनको कारणले बालबालिकाहरुमा इन्टरनेटको पहुँच बढाएको छ । इन्टरनेटको असीमित पहुँचले जति सकारात्मक ज्ञानको पहुँच बढाएको छ, त्यति नै असर पनि पुर्‍याएको मनोविद्हरु बताउँछन् ।...

३५ वर्षको उमेरपछि गर्भधारण जोखिमपूर्ण

कुनै पनि महिलाको लागि गर्भधारण गर्ने सही समय हो २५ देखि ३५ वर्षको उमेर । कम जोखिममा गर्भधारण र सहज तरिकाले सुत्केरी गराउनका लागि महिलाहरुले समयमा नै विवाह र बच्चाको योजना बनाउनुपर्छ । तर पछिल्लो समयको व्यस्त जीवनशैली र बदलिँदो संस्कृतिका कारण महिलाहरु ढिला गरी विवाह गर्न चाहन्छन् । जसले...

संबाद पछि कपिलवस्तु अस्पताल लाई १ लाख ११ हजार ।

मिति २०७८।०२।०१ गते
कपिलवस्तुमा अन्य जिल्लाहरुको तुलनामा पच्छिल्लो चरणमा कोरोनाको संक्रमण दर र मृत्यु दर तेजिलो गतिले बृद्धिभईरहदा अस्पतालमा अक्शिजन र बेडको अभावमा मानिसहरुको मृत्यु दर बढीरहेको थियो यसै बेला संबाद समूह कपिलबस्तुले २ वटा संस्था  सनशाईन सामाजिक बिकास संस्था र यूनाईटृड मिसन टु नेपाल संग कोरोना कहरमा संघ संस्थाको भूमिका बिषयक छलफल यही बैषाख २६ गते छलफल गरेको थियो ।

छलफल पश्चात आज सनशाईन सामाजिक बिकास संस्थाले कपिलबस्तु अस्पतालका बिरामीहरुको लागी चाहिने अक्सिजन सहितको स्वास्थ्य सामग्री खरिदकोलागि १ लाख ११ हजार रुपैया को चेक हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष राम सेवक यादवले कपिलवस्तु अस्पतालका नि. मे. सु. डाक्टर गणेश क्षेत्री र ब्यवस्थापक रत्नाकर शुक्ला लाई हस्तान्तरण गर्नु भएको  हो ।

संस्थाको सानो सहयोगले पनि बिरामीहरुको घाउमा मलम लगाउन सकिने आशा संस्थाका अध्यक्ष राम सेवक यादवले गर्नु भएको छ । त्यसै गरि डा. गणेश क्षेत्रीले यस महामारीको बेला संस्थाले बिरामीहरुको स्वस्थ्य उपचारमा सहयोग गर्नु भएकोमा ध्न्यबाद ज्ञापन गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group