भारतिय गाडीकाे ठक्कर बाट गयाे दुइकाे ज्यान


सुग्रिम यादव , कपिलवस्तु जागरण

घटना यही भादौ ८ गते आईतवार बिहान ४ बजेर ४५ मिनेट जाँदाको हो । कपिलवस्तु नगर पालिका वडा नं. ८ पुर्ब मैनिहवा बस्ने बर्ष ५४ को राम शारन अहिर हरेक दिन झै एका बिहानै आफ्‌न भैसीलाई लिएर चराउनको लागि बाटो काटीरहेका थिए ।
पुर्ब पश्चिम हुलाकी मार्गमा तिब्र गतिमा गुडेर आएको भारतिय यु.पी.१२ बी जे ९९९७ को गाडीले ठक्कर दियो र गाभिन भएको एक भैंसीको तुरुन्त ज्यान गयो र भैंसी चराउन गएका राम शारन अहिर लाई टाउको र शरिरको अन्य भागमा चोट लागी बेहोस भए । बेहोस रहेका राम शरनलाई स्थानियले तत्काल उपचारको लागी भैरहवा स्थित सिद्धार्थ सिटी हास्पिटल पुर्याएका थिए ।


उता घटना गराउनेमा अरुकोही थिएन । राम शरनले करिब २५ बर्ष देखी हरेक दिन बिहान ताजा दुध खुवाउदै आएका कपिलवस्तु नगरपालिका वडा नं.१ मलटोल बस्ने सन्तोष कसौधनका करिब २८ बर्षिय छोरा अमरदीप कसौधन रहेको कुरा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पिडितले दिएको जाहेरी बाट खुल्न आएको छ । आफैलाई बर्षौ देखी दुध खुवाउदै आएका रामशरन अहिरलाई ठक्कर दिएको जानकारी हुदा हुदै पनि उपचारको लागी सहयोग नगरी गाडी लिई फरार भएको परिवार जनको आरोप रहेको छ । अमरदीपले सोही दिन करिब ११ बजे बाट घर छोडी भारत तिर फरार रहेका छन् ।


सिद्धार्थ सिटी हास्पिटलमा ४ दिन सम्म उपचार गराउँदा पनि होसमा न आएका अहिर लाई थप उपचारको लागी लखनउ लैजाने क्रममा उनको बाटोमै बुधवार राती करिब १० बजे मृत्यु भएको हो । पुर्ब पश्चिम बाटो लबनी बाट बिहान ४ बजेर ४२ मिनेट जाँदा हिडेको कार ४ बजेर ५० मिनेटमा नेपाल बिद्युत प्राधिकरणको कार्यलय तौलिहवा अगाडी पुगेको थियो । गाडी निज अरोपीको घरबाट प्रहरीले बरामद गरेको छ भने आरोपी अझै फरार रहेको कुरा प्रहरीले जनाएको छ । मृतकलाई राती नै नेपालमा फर्काईएको थियो । राती नै शवलाई घर लैजाने वातावरण न भई तौलिहवा अस्पतालको शव गृहको चिस्यान केन्द् बिग्रेकोले शव पिपरा अस्पतालमा राती राखिएको थियो । १२ गते बिहीवर बिहान परिवार जनले प्रहरीमा लिखित जाहेरी दरखास्त दिएपछि हिन्दु धार्मिक परम्परा अनुसार परिवार जनले पबित्र नदी राम घाटमा दह संस्कार गर्नु भएको हो ।

संस्थाको वार्षिक उत्सवमा रक्तदान कार्यक्रम

राम बालक यादव
दलित सामाजिक बिकास केन्द्रको २१ आंैं वार्षिक उत्सवको अवसरमा संस्थाले आज रक्त दान कार्यक्रमको आयोजना गरेको थियो । रक्तको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन न परोस र कपिलवस्तुको दक्षिणी क्षेत्रमा पनि रक्त दान गर्नु पर्छ भन्ने जनचेतना फैलाउने उद्धेश्यले र संस्थाको वार्ष्िाक जन्म उत्सको मौका पारी कार्यक्रमको आयोजना गरिएको कुरा संस्थमाका कार्यकारी र्निदेशक राम शरन रैदासले बताएका छन् ।

रक्त दान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखाको प्राबिधिक टीमले सहयोग गर्नु भएको थियो । संस्थाका अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा कार्यक्रममा भएको हो । कार्यक्रममा १४ जनाले रक्तदान गर्नु भएको कुरा नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाका मन्त्री तथा रक्त संचार संयोजक सन्ताेष श्रीवास्तवले बताएका छन् । उहाँले रक्त संचार शाखामा जहिले पनि रक्तको अभाव भईरहने भएकोले समाजमा रक्त दान गर्नु पर्छ भन्ने सन्देश फैलाउन जरुरी रहेको बताउनु भएको छ ।

यदुवंशी युवा समाज द्धारा कृष्णा जन्म उत्सव कार्यक्रम

रामबालक यादव
कृष्णा जन्म अष्टमीको अवसरमा यदुवंशी युवा समाज कपिलवस्तुको आयोजनामा कृष्ण जन्म उत्सव तथा शुभकामना अदान प्रदान कार्यक्रम आज कृष्णनगरमा सम्पन्न भएको छ । कृष्णनगर उद्योग बाण्ज्यि संघको सभाहालमा भएको कार्यक्रममा कपिलबस्तु जिल्ला भरिका यादवहरुको प्रतिनिधित्व रहेको थियो ।
यदुवंशी युवा समाज कपिलवस्तुका अध्यक्ष निरहु यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा समाजसेवी रामबरण यादव , बिशिष्ठ अतिथीमा लुम्बिनी प्रदेश सभासदस्य तथा पुर्ब मन्त्री जानकी प्रसाद यादव , पुर्ब भौतिक तथा पुर्बाधार मन्त्री सहसराम यादव रहनु भएको थियो । अन्य अतिथीहरुमा कपिलवस्तुको १० वटै स्थानिय तह बाट निर्वाचित यादव समुदायको वडा अध्यक्ष तथा विभिन्न तह तपकामा कार्यरत ब्यक्तिहरु रहेका थिए ।


कार्यक्रममा शुभकामना अदान प्रदान तथा संस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । कृष्णा जन्म अष्टमीको अवसर पारी यदुवंशी युवा समाज कपिलवस्तुले कपिलवस्तुका यादव समुदाय लाई एक ठाउँमा ल्याउन सफल भएकोमा सबैले प्रसंशा गरेका थिए । करिब ६ सय भन्दा बढी संख्यामा सहभागी भएका यादव समुदाय लाई एक जुट भई शिक्षा , स्वास्थ्य र राजनीतीमा सहभागिता बढाउनको लागी कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।


कार्यक्रमका प्रमुख अतिथी समाजसेवी रामबरण यादवले कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरु यदुवंशी युवा समाजले अफ्‌ना समुदायको बिकासकोलागी जिल्ला भरिका हरेक पालिकाहरुमा गर्नु पर्ने आवश्यक रहेको बताउनु भएको थियो ।कार्यक्रममा बोल्दै पुर्ब मन्त्री जानकी प्रसाद यादव ले जब सम्म हाम्रो यादव समाजका ब्यक्तिहरु शिक्षा र राजनितीक क्षेत्रमा अगाडी बढदैनन् तब सम्म यादव जाती पछि नै परिरहने बताएका थिए ।

साथै पुर्ब मन्त्री सहस राम यादवले हामी यादव समुदाय अन्यको तुलनामा सक्षम छौ तर हामी एक जुट न हुनुका कारणले अन्यले फाईदा उठाई रहेको कुरा बताएका थिए । त्यसै गरी जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले शुभकामना मनतब्यको क्रममा नेपालमा यादव बंशावलीका इतिहास र यादव समाजले राष्ट्रनिर्माणमा खेलेको भुमिकाको प्रशंसा गर्नु भएको थियो ।

मलखादको बिरोधमा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना र सिडियो लाई ज्ञापन पत्र

कपिलवस्तु जागरण
किसानले समयमा खेती गर्नको लागी सहज रुपमा मलखाद न पाएको बिरोधमा जनता समाजवादी पार्टी नेपालले आज दिउँसो जिल्ला प्रशासन कार्यालय कपिलवस्तु अगाडी एक घण्टा धर्ना कार्यक्रम र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्य गरेकाें छ ।
नेपाल कृषि प्रधान देश भनिए पनि किसानले खेतीपातीको समयमा सहज रुपमा बिउ बिजन र मलखाद समयमा न पाउँदा पिडित हुदै आएका छन् । यस बर्ष कपिलवस्तुमा समयमै धानको रोपाई सकिए पनि मलखाद न पाउँदा किसानहरु चिन्तित बनेका छन् । सरकारले किसानलाई सहज रुपमा मलखाद उपलब्ध गर्न सकिरहेको छैन । एका तिर किसानले पाउने मलखान पाएका छैनन भने आर्को तिर मल खाद बितरक संस्थाहरु द्धारा कालो बजारी समेत बढेको छ ।

किसानले पाउने मलखाद किसानको घर सम्म न पुग्दै बाटो बाटै कालो बजारी भई किसानले महगो रुपमा मल खाद किन्न बाध्य भएका छन् । किसनले भारत बाट लुकी छुपी ल्याउने गरेको मलखाद लाई प्रहरीले जफत गर्ने गरेको किसानहरुको आरोप छ । यि सबै कार्यको बिरोधको लागी जनता समाजवादी पार्टीले आज १ घण्टे धर्ना कार्यक्रम र प्रमुख जिल्ला अधिकारी दिल बहादुर तमाड. लाई ज्ञापन पत्र बुझाउने कार्य गरेको हो । पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा गएको किसान तथा नेताहरुको एक टोलीले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्‌दै प्रमुख जिल्ला अधिकारी दिल बहादुर तमाड.ले किसानहरुले उठाएको माग जायज हो । किसानहरु वास्तवमा मलखाद न पाउँदा पिडित नै रहेका छन् । यस बिषयमा प्रधान मन्त्रीले पनि चासो लिएको उहाँले बताउनु भयो । साथै किसानहरले खेतीपातीको लागी भारत बाट ल्याई रहेको दुइ चार बोरा मल खादको लागी कुनै पनि प्रहरी र सुरक्षा निकायले दखल न पुर्याउने प्रमुख जिल्ला अधिकारीको भनाई रहेको छ ।

बुद्ध बिहार संघ कपिलवस्तुको आयोजनामा धम्म प्रशिक्षण

कपिलवस्तु जागरण
बुद्ध बिहार संघ कपिलवस्तुको आयोजनामा एक दिने धम्म प्रशिक्षण कार्यक्रम आज बुद्धभुमी नगरपालिका वडा नं. १० चेतरादेईमा सम्पन्न भएको छ ।प्रशिक्षण (जागरण )कार्यक्रममा कपिलवस्तु जिल्ला लगाएत भारतका बलरामपुर , गोण्डा र सिद्धार्थनगर जिल्लाका बुद्ध अनुयायी ब्यक्तिहरुको पनि सहभागिता रहेको थियो । आज प्रथम बुद्ध संगीतको शुरुवात भएको दिन अर्थात श्रावण पुर्णिमाको दिनलाई अवसर पारी कार्यक्रमको आयोजना गरिएको कुरा आयोजकले जनाएको छ ।

कार्यक्रम बुद्ध बिहार संघ कपिलवस्तुका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गौतम बुद्धको जिवनी तथा वाणी र भारतका संबिधान लेखक बाबा अम्बेडकर को जिवन र उहाँहरुले समाज परिवर्तनमा पुयाएको योगदानको चर्चा गर्दै समाजमा भईरहेको बिभिन्न आडम्बर र वादहरुमा न फस्न बताईएको थियो । मानिसहरुलाई बिभिन्न धर्महरुको नाममा आडम्बरमा फसाई केही धर्मका ठेकेदारहरुले फाईदा लिईरहेको र समाजलाई बिभिन्न धर्मको डर देखाई आफ्‌नो दुनो साेझाई रहेको बताईएको थियो ।
प्रशिक्षण कार्यक्रममा हिन्दु धर्म ग्रन्थहरुमा लेखिएका शब्द , श्लोक ले भन्न खोजेका कुराहरुको प्रष्ठ ब्याख्या गरिएको थियो । कार्यक्रममा भारतको गोण्डा जिल्ला घर भएका पुर्ब प्रोफेसर ए .के नन्दले प्रशिक्षण दिनु भएको थियो । उहाँले समाजलाई अडम्बर बाट बच्न , सही बाटो रोज्न र सामाजिक न्यायमा लाग्नको लागी सबै प्रशिक्षार्थीहरुलाई अग्रह गर्नु भएको थियो ।प्रशिक्षण कार्यक्रममा करिब ७० जनाकाे सहभागिता रहेकाे थियाे ।

५० हजार भन्दा बढी नागरिकताहरुका अभिलेख डिजिटाईज्ड

   कपिलवस्तु जागरण
जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुले २०४७ साल भन्दा अघि बितरण गरेको नागरिकता प्रमाण पत्रको अभिलेख नेपाली कागजको रजिष्टरमा न राखी सामान्य रजिष्टर राखेको कारणले जिर्णभई कतिपय नष्ट भईसकेको अवस्थामा रहेको छ । त्यस्ता रजिष्टरमा रहेका कतिपय अभिलेख (सीसीआईएमएस) सिस्टममा समेत प्रष्ट गर्न न सकेको कुरा जिल्ला प्रशसन कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार ८१ थन रजिष्टरमा रहेका र जिर्ण अवस्थामा पुगेका कपिलवस्तुका ५० हजार भन्दा बढी नागरिकताहरुको अभिलेखलाई CAMSCASNER मार्फत स्क्यान गरी डिजिटाईज्ड माध्ययमले राखिएको कुरा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

स्थानिय नितीमा सिमान्तकृत समुदायको प्रतिनिधित्वको सवाल बिषयक अन्तरक्रिया तौलिहवामा

कपिलवस्तु जागरण
स्थानिय सरकारले र्निमाण गरेका निति नियमावली तथा कार्यबिधीहरुमा सिमान्तकृत समुदायको प्रतिनिधित्व तथा अवसरको बिषयलाई केन्द्र बिन्दु बनाई आज तौलिहवमा एक अन्तरकृया भएको छ । कपिलवस्तु नगरपालिका भित्रका सबै वडाका वडा अध्यक्षहरु पालिकाका प्रमुख प्रशासकिय अधिकृत , सामाजिक बिकास अधिकृत लगायत अन्य शाखा प्रमुखहरु संघ संस्थाका प्रतिनिधिहरु संचारकर्मी लगायतको सहभागितामा स्थानिय नितीमा सिमान्तकृत समुदायको प्रतिनिधित्वको सवाल बिषयक अन्तरक्रिय भएको हो ।
दलित सामाजिक बिकास केन्द्रको आयोजना तथा ब्रिटिस काउन्सिल र दलित लिभ्सि मैटर गोलोबल्स एलाएन्सको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रम दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा भएको हो । दलित लिभ्सिका राजकुमार त्रिखत्रीले सहजी करण गरेको कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत पुनाराम पौडेलले पालिकाले बिभिन्न निति तथा कार्यबिधीमा ब्यवस्था भए अनुसार सिमान्तक्रित समुदायको प्रतिनिधित्व तथा अवसर प्रदान गरीरहेको बताउनु भएको थियो । साथै उहाँले अझै पनि नगरपालिका लाई संचालन गर्नको लागी केही निति तथा कार्यनितिहरु निर्माण गर्न आवश्यक रहेको र भएका नितिहरुलाई कार्यनवयनमा जोड दिनु पर्ने बताएका थिए ।

त्यसै गरी कपिलवस्तु नगरपालिका समाजिक बिकास शाखा प्रमुख पदम राज श्रेष्ठले पालिकाले सिमान्तकृत समुदायका युवा युवतीहरुको लागी बिभिन्न क्षमता अभिबृद्धि तथा सीप बिकास मुलक कार्यक्रमहरु संचालन गरेको बताउनु भयो । उहाँले यस पालिका बाट बिदेश जाने यूवाहरुको लागी सीप बिकस तालिम , युवतीहरुका लागी यूवा लच्छित कार्यक्रम अनुसार ब्युटिसियन , चुरापोते , डाल कुसन , ढाका ब्याग , सिलाई कटाई लगायतका तालिमहरु संचालन गरिएको बताउनु भएको थियो ।
दलित सामाजिक बिकास केन्द्रले आज यसरी गरेको अन्तरकृयाले आफुहरुलाइृ अझै जिम्मेवारी साथ काम गर्न प्रेरित गरेको र पालिकाले निर्माण गर्न लागेको नितीहरुमा दलित सामाजिक बिकास केन्द्रले सहयोग गरीरहेको कुरा समेत पदम राज श्रेष्ठले बताउनु भयो ।साथै उहाँले दैबी प्रकोपबाट बढी पिडित हुने सिमान्तकृत समुदायको बस्नको लागी बास ब्यवस्थापनमा टीनको छानो निर्माण कार्य भएको र अन्य प्रकोपहरु बाट बच्नका लागी प्रहरी र मिडिया बाट जनचेतना मुलक कार्यक्रम संचालन गरिएको कुरा उहाँले बताउनु भएको थियो । कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष सुरजमती पासीले पालिकालाई आवश्यक पर्ने निति निर्माणमा पालिकाले सहयोग लिन चाहेमा संस्थाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

कपिलवस्तुमा धानको रोपाई करिब ८५ प्रतिशत सकियाे

कपिलवस्तुमा धानको रोपाई करिब ८५ प्रतिशत सकिएको छ । केही बर्ष पहिला सम्म साउन महिनाको नाग पञ्चमी बाट शुरुहने धानको रोपाई अहिले साउन न लाग्दै धेरैले धान रोपेर सकाएका छन् । पानीको ब्यवस्थापन र प्रबिधीको प्रयोगले किसानहरुलाई सजिले बनाएको छ । पहिला आकाशे पानीको भरमा र प्रबिधीको प्रयोग न हुँदा गोरुको प्रयोग गरी हलो जोत्दा खेती गर्न बढी समय लागीरहने जेष्ठ नागरिक किसानहरुको भनाई छ ।

अनुराेध

सर्पको टोकाइबाट जोगिन यी सावधानी अपनाऔं

✅ घाँस, झाडी वा अँध्यारो स्थानमा हिड्दा जुत्ता र लामो पाइन्ट लगाऔं।
✅ राति हिड्दा टर्च वा बत्तीको प्रयोग गरौं।
✅ घर वरिपरिको झाडी, घाँस, फोहोर सफा गरौं।
✅ खुला ढोका वा झ्याल बन्द गरौं – सर्प पस्न सक्छ।
✅ बाल्टिन, पुराना लुगा वा जुत्ता प्रयोग गर्नुअघि ध्यानपूर्वक जाँच गरौं।

टोकाइ भयो भने के गर्ने?

❌ झारफुक नगर्नुहोस्
❌ घाउमा चीरा नलगाउनुहोस्
✅ बिरामीलाई शान्त राख्नुहोस्
✅ सर्प देखिएको हो भने प्रकार सम्झनुहोस्
✅ तत्काल नजिकको स्वास्थ्य केन्द्र पुर्‍याउनुहोस्

                    अनुरोधक

मायादेबी गाउँपािलकाकाे कार्यालय

पकडी

लुम्बिनीले न सकेपछि कपिलवस्तुले गर्यो

कपिलवस्तु जागरण
आज असार १५ गते नेपालमा धान दिवस मनाउने दिन । आज देशभरका स्थानिय तहहरुले धान दिवस मनाएका छन् । हरेक बर्ष कपिलवस्तुमा गौतम बुद्धको कृडास्थल तिलौराकोटको पुर्बी द्धारमा लुम्बिनी बिकास कोषले गौतम बुद्धको पालामा मनाउने धान दिवसको झल्को दिने गरी धानदिवस मनाई रहेको थियो । तर यस ताली लुम्बिनी बिकास कोषले शाक्य गणराज्य प्राचीन कपिलवस्तुको दरवार तिलौराकोट लाई उपेक्षा गरेको छ । रकम अभाव तथा पुर्ब निर्धारित कार्यक्रम तय न गरेकोले यस बर्ष धान दिवस मनाउन न सकेको कुरा कोषका प्रतिनिधी माधव आचार्यले बताउनु भएको छ ।


लुम्बिनी बिकास कोषले उपेक्षा गरेपनि कपिलवस्तु नगरपालिकाले पहिले पटक आज २२औं राष्टिय धान दिवस तथा रोपाई महोत्सव मनाउने अवसर प्राप्त गरेको छ । कपिलवस्तु नगरपालिका वडा नं.३ तथा शाक्य गणराज्य तिलौराकोट दरबारको पुर्बी क्षेत्रमा आज धान दिवस मनाईएको हो । कपिलवस्तु नगरपालिका वडा नंं.३ सड्वाका अगुवा कृषक राम नेवास यादवको संयोजकत्वमा कपिलवस्तु नगरपालिकाले पहिलो पटक धान दिवस मनाएको हो । एक औपचारिक कार्यक्रमको आयोजना गरी खेतमा धानको बिउ रोपेर दिवस मनाईएको छ ।

कृषक रामनेवास यादवको अध्यक्षतामा भएको धान दिवस कार्यक्रमको प्रमुख अतिथीमा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाड.रहनु भएको थियो । त्यसै गरी अन्य बिशिष्ठ अतिथीमा नेपाल प्रहरीका प्रहरी प्रमुख एसपी निरन्जन भट्ट, शशस्त्र प्रहरी बलका प्रमुख नेत्र के.सी. वडा अध्यक्ष रुद्र (प्रकाश गैरे) लगायत रहनु भएको थियो । कार्यक्रममा किसान , सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी , संचारर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको औपचारिक उद्घाटन पछि सबै सहभागीहरुले खेतमा गई धानको रोपाई गरेका थिए ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group