कपिलवस्तु–२ बाट उम्मेदवार रहेका राम नेवास यादव ९२ बर्षका बुवाको आशीर्वाद लिएर चुनावी अभियान सुरु गरे

कपिलवस्तु जागरण ।माघ १६,कपिलवस्तु

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राम नेवास यादवले कपिलवस्तु–२ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका आफ्नो ९२ वर्षका बुबा खदेरु अहिर संग आशीर्वाद लिएर औपचारिक रूपमा चुनावी अभियान आज देखि सुरु गरेका छन् । उनका बुवाले आफ्ना छोरालाई आशीर्वाद दिँदै चुनावी यात्रामा विजयको शुभकामना दिएका छन्। यादव विगतका मधेस आन्दोलनमा फ्रन्टलाइनमा रहेर अधिकारको लडाइँमा अग्रस्थानमा रहेका नेता हुन्। चुनावी अभियान आज देखि सुरु गरेका यादव आफ्नो क्षेत्रको विकास, सुशासन,सामाजिक न्याय र जनजीविकालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको बताउनु भयो

अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वानलाई लक्षित गरेर जसपा नेपालले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ, जसमा स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई पार्टीको मूल आदर्शको रूपमा प्रस्तुत गरिएको छ । घोषणापत्र अनुसार पार्टीले संविधान संशोधन, संघीय संरचना पुनर्संरचना, जातीय पहिचान झल्कने प्रदेश निर्माण, प्रदेश स्वायत्तता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने योजना आघि सरेको छ । यसैगरी शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, औद्योगिकीकरण, भ्रष्टाचार नियन्त्रण, बहुभाषिक नीति, युवा स्वरोजगार र मानव विकास सूचकांकमा आधारित बजेट वितरण पनि घोषणापत्रमा समावेश गरिएको छ। कपिलवस्तु–२ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार राम नेवास यादवले आम जनतालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन्।

यादवले जसपा नेपालले अघि सारेको मुद्दालाई ध्यानमा राख्दै आफूसँग पनि पार्टी र जनस्तरमा पहुँच बढाउने दाबी गरेका छन्।उम्मेदवार यादवले निर्वाचनमा आम मतदाताको अमूल्य मत पाउने विश्वास व्यक्त गर्दै क्षेत्रीय विकास र जनहितका लागि सक्रियतापूर्वक काम गर्ने वाचा गरेका छन्। कपिलवस्तु–२ मा अन्य प्रमुख उम्मेदवारहरू पनि छन्। नेपाली कांग्रेसबाट सुरेन्द्र राज आचार्य, माओवादी केन्द्रबाट बृजेश कुमार गुप्ता, र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विक्रम सिंह थापाले प्रतिस्पर्धा गर्दैछन्।

भर्खरै
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group