
कपिलवस्तु जागरण
दिन प्रतिदिन बिग्रदै गएको वातावरणिय प्रभावलाई अनुकुलन तथा न्यूनिकरण गर्नको लाई कपिलवस्तुका एक गैर सरकारी संस्थाले आज साईकिल बितरण गरेको छ । कपिलवस्तुको यसोधरा गाउँपालिका वडा न.८ खोरिया गाउँका १० जना भङ्गारको पेशा गर्ने ब्यक्तिहरुलाई उक्त साईकिल बितरण गरिएको हो ।
भारतको बम्बईमा गई भङ्गारको पेशा गरी जिवन यापन गर्ने गरिब बिपन्न समूदायका युवाहरूलाई स्थानिय स्तरमै सोही पेशा गरी जिबिको पार्जन गर्ने र आर्को तिर गाउँ ठाउँबाट निस्कने पलास्ष्कि , फलाम जन्य बस्तुलाई एक ठाउँमा ब्यवस्थापन गरी वातावरणमा पनि सुधार ल्याउने उद्धेश्यले उक्त साईकिल बितरण गरिएको हो ।
दलित सामाजिक बिकास केन्द्र डंगरी र यूनाइटेड मिसन टु नेपालको सहकार्यमा संचालित जलवायु परिवर्तन अनुकुलन प्रवाहीकरण परियोजना अन्तरगत उक्त साईकिलहरु बितरण गरिएको कुरा संस्थाका कार्यकारी निर्देशक रामशरन रैदासले बताउनु भएको छ । यशोधरा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सहाबुद्दीन मुसलमान र दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष सुरजमती पासी ले संयुक्त रुपमा साइकिल हस्तान्तरण गर्नु भएको हो । ७४ हजार ५ सय को लागनीमा साईकिल बितरण गरिएको हो ।
साईकिल पाएपछि खुशी हुँदै खोरिया गाउँका केवल प्रसाद चमार भन्नु हुन्छ अब यही साईकिलको सहायताले आफ्नो जन जिविका पनि चल्ने र समुदाय मा यत्र तत्त्र फालिने प्लास्टिक र फलामको संकलन तथा ब्यवस्थापन पनि हुने बताएका छन । उनीहरुले घरपरिवार छोडेर पराई मुलुकमा रोजगारीको लागी जानु भन्दा आफ्नै गाउँठाउँमा गरिने सानो रोजगारी श्रृजना गर्नु राम्रो हो बताएका छन । संस्थाले खोरिया गाउँमा बिभिन्न ठाउँहरुमा सड्ने र नसड्ने बस्तुहरुको लागी डस्टविनको पनि ब्यवस्था गरेको छ ।
