
कपिलवस्तु जागरण
कपिलवस्तु नगरपालिकाको सहयोग तथा लोट्स सुत्र :अध्ययन तथा आन्तरिक रुपान्तरण केन्द्र कपिलवस्तु काे आयोजनामा स्थानिय समुदायको अर्थपुर्ण सहभागिता अभिबृद्धी गर्ने उद्रदेश्यले ३ दिने पुरातात्विक एवं पर्यटकिय स्थलहरुको प्रवर्धन तथा प्रचार प्रसार कार्यक्रम तौलिहवामा शुरु भएको छ ।
तौलिहवाको पाम होटलमा संचालन भएको कार्यक्रम उदघाटन शत्रको अध्यक्षता लोट्स सुत्र : का अध्यक्ष राज कुमार यादव ले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा कपिलवस्तु नगरपालिका का वरिष्ठ प्रशासकिय अधिकृत पदम राज श्रेष्ठ रहनु भएको थियो बिशिष्ठ अतिथीको रुपमा मायादेबी गाउँपालिका को प्रशासकिय अधिकृत बैतुल्लाह धुनिया , कपिलवस्तु बहुमुखी क्याम्पस मानविकी संकाय प्रमुख बिष्णु सिंह रायमाझी ,तथा लोटस सुत्र ध्यान केन्द्रका संयोजक राम अचल यादव ( स्वामी चैतन्य ) कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ प्रशासकिय अधिकृत पद्म राज श्रेष्ठ ले स्थानिय वासीहरुमा पुरातात्विक एवं पर्यटकिय स्थलहरुको प्रवर्धन तथा प्रचार प्रसार गर्ने उद्धेश्यले आयोजना गरीएको कुरा बताउनु भएको थियो । साथै उहाँले ३ दिन सम्म संचालन हुने सेशनहरुमा अवधी संस्कृति रहन सहन , खानपान र जिवनशैली लाई पनि उजागर गर्ने कुरामा स्थानिय समुदायकाे भुमिका अपरिहार्य रहेकाे स्पष्ट पार्नु भएकाे थियाे ।
तालिमको सहजीकरण लोटस सुत्र ध्यान केन्द्रका संयोजक स्वामी चैतन्र , बैतुल्लाह धुनियाँ , बिष्णु सिंह रायमाझी र राज कुमार यादव ले गर्नु भएको थियो ।
