
कपिलवस्तु जागरण
सनशाईन सामाजिक बिकास संस्था बुद्धभुमि कपिलवस्तु ले श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेईमा निर्माण गरेको कपिलवस्तु राष्ट्रिय बालकिास केन्द्रको भवन हिजो उद्घाटन तथा हस्तान्तरण गरेको छ । संस्था र स्टिचिंग कान्छी फाउण्डेशन नेदरल्यण्डको सहयोगमा निर्मित २ कोठे भवनको उद्घटन फाण्डेशनकी उपाध्यक्ष साने बोडव्युज ले गर्नु भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती , शिक्षक अभिभावक संघ , वडा प्रतिनिधी , शिक्षक, बिद्यर्थी लगायतको सहभागिता रहेको थियो ।

फाउण्डेशनले बिद्यालयमा गरिब बिद्यार्थी छात्रबृति ३५ जनालाई , बाउण्ड्री वाल र २ कोठे भवन निमार्ण गरेको छ । उक्त कार्यक्रमहरु ३२ लाख ५० हजारको लगानीमा सम्पन्न भएको कुरा संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताउनु भएको छ ।
त्यसै गरी संस्था र स्टिचिंग कान्छी फाउण्डेशन नेदरल्यण्डको सहयोगमा यशोधरा गाउँपलिका वडा नं. ८ खोरिया स्थित सरस्वती आधारभुत बिद्यालयमा पनि बाल बिकास केन्द्र निर्माणको लागी हिजो शिलान्यस पनि गरेको छ ।

उक्त शिलन्यास फाउण्डेशनकी उपाध्यक्ष साने बोडव्युज सनशाईन संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ वडा अध्यक्ष सहाबुदिन मुसलमान ब्यवस्थापन समिती अध्यक्ष र बिद्यालयका प्रधानाध्यापक रामबृक्ष यादवले संयुक्त रुपमा गर्नु भएको हो ।
संस्थाले अगामी बर्षमा अन्य ठाउँहरुमा बालबिकास केन्द्र निर्माण गर्नको लागी संभाब्यता अध्ययन समेत गरेको छ ।

संभाब्यता अध्ययनको क्रममा यशोधरा गाउँपालिका वडा नं. १ रजवापुर स्थित श्री रघुनाथ अधारभुत बिद्यालय पुगेको थियो । स साना बाल बालिकाहरुको शिकाईका लागी सुरक्षित बाल बिकास भवन निमार्ण त्यस भित्रका ब्यवस्थापकिय पक्ष र शिक्षण सामाग्री सहितको केन्द्र निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको कुरा संस्थाका समन्वयकर्ता परशुराम यादवले बताउनु भएको छ ।
