
कपिलवस्तु जागरण
स्थानिय सरकारले र्निमाण गरेका निति नियमावली तथा कार्यबिधीहरुमा सिमान्तकृत समुदायको प्रतिनिधित्व तथा अवसरको बिषयलाई केन्द्र बिन्दु बनाई आज तौलिहवमा एक अन्तरकृया भएको छ । कपिलवस्तु नगरपालिका भित्रका सबै वडाका वडा अध्यक्षहरु पालिकाका प्रमुख प्रशासकिय अधिकृत , सामाजिक बिकास अधिकृत लगायत अन्य शाखा प्रमुखहरु संघ संस्थाका प्रतिनिधिहरु संचारकर्मी लगायतको सहभागितामा स्थानिय नितीमा सिमान्तकृत समुदायको प्रतिनिधित्वको सवाल बिषयक अन्तरक्रिय भएको हो ।
दलित सामाजिक बिकास केन्द्रको आयोजना तथा ब्रिटिस काउन्सिल र दलित लिभ्सि मैटर गोलोबल्स एलाएन्सको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रम दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा भएको हो । दलित लिभ्सिका राजकुमार त्रिखत्रीले सहजी करण गरेको कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत पुनाराम पौडेलले पालिकाले बिभिन्न निति तथा कार्यबिधीमा ब्यवस्था भए अनुसार सिमान्तक्रित समुदायको प्रतिनिधित्व तथा अवसर प्रदान गरीरहेको बताउनु भएको थियो । साथै उहाँले अझै पनि नगरपालिका लाई संचालन गर्नको लागी केही निति तथा कार्यनितिहरु निर्माण गर्न आवश्यक रहेको र भएका नितिहरुलाई कार्यनवयनमा जोड दिनु पर्ने बताएका थिए ।

त्यसै गरी कपिलवस्तु नगरपालिका समाजिक बिकास शाखा प्रमुख पदम राज श्रेष्ठले पालिकाले सिमान्तकृत समुदायका युवा युवतीहरुको लागी बिभिन्न क्षमता अभिबृद्धि तथा सीप बिकास मुलक कार्यक्रमहरु संचालन गरेको बताउनु भयो । उहाँले यस पालिका बाट बिदेश जाने यूवाहरुको लागी सीप बिकस तालिम , युवतीहरुका लागी यूवा लच्छित कार्यक्रम अनुसार ब्युटिसियन , चुरापोते , डाल कुसन , ढाका ब्याग , सिलाई कटाई लगायतका तालिमहरु संचालन गरिएको बताउनु भएको थियो ।
दलित सामाजिक बिकास केन्द्रले आज यसरी गरेको अन्तरकृयाले आफुहरुलाइृ अझै जिम्मेवारी साथ काम गर्न प्रेरित गरेको र पालिकाले निर्माण गर्न लागेको नितीहरुमा दलित सामाजिक बिकास केन्द्रले सहयोग गरीरहेको कुरा समेत पदम राज श्रेष्ठले बताउनु भयो ।साथै उहाँले दैबी प्रकोपबाट बढी पिडित हुने सिमान्तकृत समुदायको बस्नको लागी बास ब्यवस्थापनमा टीनको छानो निर्माण कार्य भएको र अन्य प्रकोपहरु बाट बच्नका लागी प्रहरी र मिडिया बाट जनचेतना मुलक कार्यक्रम संचालन गरिएको कुरा उहाँले बताउनु भएको थियो । कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष सुरजमती पासीले पालिकालाई आवश्यक पर्ने निति निर्माणमा पालिकाले सहयोग लिन चाहेमा संस्थाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
