
राम बालक यादव, कपिलवस्तु जागरण
मायादेबी गाउँपालिका वडा नं. ५ स्थित श्री जनता माध्यमिक बिद्यालयमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दलित सामाजिक विकास केन्द्रको आयोजनामा भएको स्वाथ्य शिविरको सह आयोजकमा स्थानिय सुर्योदय युवा कल्ब रहेको थियो ।शिविरमा हाँड तथा जोर्नी , यौन तथा प्रस्तुती , नशा तथा बाथ रोग , छाला तथा सौन्दर्य रोग सम्बन्धि परिक्षण गरिएको थियो

साझा हास्पिटल प्रा.लि. बुटवल र हरैया फार्मेसी रुपन्देहीका स्वस्थ्यकर्मीहरुको टीमले २ सय २५ जना भन्दा बढीको स्वस्थ्य परिक्षण गरिएको कुरा दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदाशले जानकारी दिनु भएको छ ।
मायादेबी गाउँपालिका भित्रका बिभिन्न रोगले ग्रसित नागरिकहरुले एकै ठाउँमा धेरै रोगहरुको जाँच गरी सेवा पाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कुरा आयोजक संस्थाले जनाएको छ ।

मायादेबी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद पाण्डेयको अध्यक्षतामा शिविर संचालन भएको थियो । शिविरमा स्वास्थ्य परिक्षण गराउन आएका बिरामीहरुलाई रोग अनुसारको औषधी पनि उपलब्ध गराईएको थियो । गाउँमा सेवा पाएपछि स्थानिय कमलावती चमार खुशी भएकी थिइन ।
