टोल बिकास संस्था सबलीकरणको लागि अभिमुखीकरण

कपिलवस्तु जागरण
समुदाय द्धारा समुदायको बिकासको लागी गठन हुने टोल बिकास संस्थाहरुको सबलीकरण तथा क्षमता अभिबृद्धि गर्नेको लागी समुदाय स्तरिय टोल बिकास संस्था सम्बन्धि एक अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।यशोधरा गाउँपालिका सामाजिक बिकास शाखाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा पालिका भित्रका बिभिन्न गाउँ टोलका ५० पचास जना अगुवाहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा टोल बिकास संस्था गठन तथा संचालन प्रकृया , यसका काम कर्तब्य र अधिकारको बारेमा सामाजिक बिकास शाखा प्रमुख कृष्ण नाथ पाण्डेयले सहभागीहरुलाई सहजीकरण गर्नु भएको थियो ।
पालिकाले टोल बिकास संस्था संचालन कार्यबिधी बनाईसकेको ले अब यहीअषाढ मसान्त पछि हरेका वडा भित्रका बस्तीहरुमा समुदाय स्तरिय टोल बिकास संस्था गठन प्रकृया अगाडी बढाउने कुरा सामाजिक बिकास शाखा अधिकृत पाण्डेयले बताउनु भएको छ । एउटा बस्तीमा १०० एक सय घरधुरी लाई एक टोल बिका संस्थामा समाबेश गर्न सकिने बताईएको छ । एक सय भन्दा कम घरधुरी भए पनि संस्था गठन गर्न सकिने र एक सय माथीको घरघुरी एउटै गाउँमा भए आको पनि टोल बिकास संस्था गठन गर्न सकिने कार्य बिधीमा उल्लेख गरिएको छ ।


यसै संस्था मार्फत वडा कार्यलयका बिभिन्न गतिबिधीहरु पनि संचालन गर्न सकिने भएकोले वडा अध्यक्षहरु पनि यस संस्था प्रति सकारात्मक हुनु पर्ने सहभागिहरुको जोड रहेको थियो । पालिकाले यसरी टोल बिकास संस्था गठनको लागी चालेको कमद प्रति सामाजिक ब्यतित्व राम औतार बढई र राजेन्द्र मणी पाठकले प्रसंसा गर्नु भएको थियो । यो कार्यक्रम एक एक दिनको गरी अषाढ १२ गते देखी १५ गते संम्म संचालन हुने कुरा आयोजकले बताएको छन् ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group