हरियाली बन्दै ढडिहवा गाउँ

कपिलवस्तु जागरण
खेतमा आलु र घरको छानोमा फर्सी फलाउने ढडिहवाका थारु समुदाय अहिले तरकारी खेती तर्फ अग्रसर भएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १० को ढडिहवामा बस्ने थारु समुदायका मानिसहरु तरकारी खेती बाट आम्दानी गर्न सफल भएका छन् ।
पहिला पहिला खेतमा आलु र घरको छानोमा फर्सी फलाउने थारु समुदायका मानिसहरुले अहिले बिभिन्न किसिमका तरकारीहरु उत्पादन गरी ताजा तरकारी खान पनि पाएको बिक्री गरी अन्य घर गृहस्थी पनि चलाईरहेको कुरा कृषक सीताराम थारुले बताउनु भएको छ ।

त्यसै गरी गाउँका अगुवा रत्तिराम थारुले हामीले गाउँमा चौधरी श्रीमान श्रीमती समुह गठन गरेका छौ । समुहको मासिक बैठकमा हामीले गाउँको बिबिधपक्षहरुमा छलफल गर्ने गरेका छौ. । नियमित बचत गर्दछौ र लगानी पनि समुहमै गर्दछौ। समूहका मानिसहरुले बिभिन्न आय आर्जनका लागी रिण लिन्छन र लगानी गर्दछन जसबाट राम्रो आम्दानी गर्न सकिरहेका छन् । तरकारी खेती , खुद्रा पसल , बैदेशिक लगानी जस्तामा काममा समुहले लगानी गरेको बताउँछन् । साना तिना कार्यको लागी अन्य बैक तथा बित्तिय संस्थाको मुख ताक्न नपरेको रत्तिरामले बताउँनु भयो ।

अहिले यहाँका मानिसहरु बिभिन्न सीप र छमताको बिकास गरी स्वरोजगारी भएको कुरा समूहका आर्का महिला सदस्य अकजिय थारुले बताउनु भयो । उहाँले हाम्रो बिकासको पछाडी स्थानिय शनशाईन सामाजिक बिकास संस्थाको ठूलो योगदान रहेको बताउनु भयो । मुक्त कमैयाको रुपमा रहेको ढडिहवा बासीहरुको आफ्नो नाममा कुनै किसिमको जग्गा जमिन न रहेपनि नेपाल सरकारको बुट्टयान जग्गामा सुकुम्बासीको रुपमा बर्षौ देखी बस्दै आएको र सोही जग्गा लाई खनजोत गरी जिविका निर्वाह गरीरहेको साथै गाउँलाई हरियाली दिन सकिरहेको कुरा दशरथ थारुको भनाई रहेको छ । मिहनेत गरी आफ्नै माटोमा पसिन चुहउन सकै यसै माटोमा सुन फलाउन सकिन्छ कृषक सीताराम थारुको बिश्वास रहेको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group