
कपिलवस्तु जागरण
यशोधरा गाउँपालिकाको अपाङ्खता प्रोफाईल निर्माण सम्बन्धि कार्याशाला गोष्ठिमा २ सय ८६ जनामा जन्मजात अपाङ्खता भएको तथ्य फेला परेको छ । कपिलवस्तुको यशो्धरा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिशरुको अवस्था बिश्लेषण , पहिचान र उहाँहरुले पाउने सेवा सुबिधाहरुको बारेमा पहुँच पुर्याउने तथा थप अपाङ्खता हुन बाट बचाउने उद्धेश्यले अपाङ्गता प्रोफाईल निर्माण सम्बन्धि कार्याशालामा आज उक्त कुरा जानकारीमा आएको हो । कार्यशालामा अपाङ्गता भएका ब्यक्ति , उहाँको परिवार , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत , उपाध्क्यक्ष ,वडाध्यक्ष , सामाजिक बिकास शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख लगायत अन्य सरोकारवालाहरुको उपस्थितीमा कार्यशाला भएको हो ।
प्रोफाईल निर्माण भएपछि अपाङ्गता भएका भएका ब्यक्तिहरुका लागि चाहिने आवश्यक सेवा सुबिधा , सीप बिकास , आयआर्जन , क्षमता अभिबृद्धिमा सहयोग गर्नेकुराहरुका लागि पालिकाले बजेटहरु बिनियोजन गर्ने र थप अपाङ्गता हुनबाट जोगाउन को लागि उपायहरुको खोजी गर्नका लागि अपाङ्खता प्रोफाईल निर्माण गर्न आवश्यक रहेको कुरा सामाजिक बिकास अधिकृत कृष्ण नाथ पाण्डेयले बताउनु भएको छ । साथै उहाँले यस्ता निति निर्माणले पालिकाको लिजामा पालिकाको श्रोत बृद्धिको लागि पनि भुमिका खेल्न सकिने उहाँको भनाई रहेको छ ।
पालिकाले प्रोफाईल निर्माणको लागि लिएको एक तथ्यांकले पालिका भित्र ८ वटै वडाहरुमा ५ सय ९९ जना बिभिन्न किसिमका अपाङ्गता भएका ब्यक्तिहरु रहेको देखाएको छ । पालिकाले वार्षिक रुपमा १ करोड २० लाख रुपैया स्वास्थ्य क्षेत्रमा लगानी गरिरहेको कुरा पालिका सल्लाहकार राधेश्याम पाठक ले बताए पनि पालिका भित्र २ सय ८६ जना जन्मजात अपाङ्खता भएका ब्यक्तिहरु रहेको तथ्यांकले देखाएको छ । यसरी हेर्दा पालिकाले आर्थिक रुपमा लगानी गरे त पनि सही र सम्बन्धित ठाउँमा प्रयोग न भईरहेको सहजै अनुमान गर्न सकिन्छ । कुल ५ सय ९९ जना अपाङ्गता भएका मध्यये २ सय ८६ जना जन्म जात अपाङ्खता हुनु दुखद रहेको सरोकार वालाहरुको भनाई रहेको छ । तर स्वस्थ्य शाखा प्रमुख बिरेन्द्र कुमार मिश्रले हामीले गर्भ अवस्था देखी नै बच्चा र आमाको स्वाथ्य राम्रो हुनका लागि बिभिन्न चेतना मुलक कार्यक्रम , स्वास्थ्य परिक्षण औषधी बितरण गर्दै आईरहेको दाबी गर्नु भएको छ ।

कार्यक्रम समापनको क्रममा पालिका प्रमुख प्रशाशकिय अधिकृत रिषभ देव खनालले सेवाग्राहीहरुले समयमा सेवा सुबिधाहरु पउनु पर्ने , भएका कमीकमजोरीहरुलाई सुधार्दै लैजाने र निर्माणाधीन रुपमा रहेको प्रोफाई लाई अझै छलफल गरी पुर्णता दिने बताउनु भएको छ ।
त्यसै गरी कार्यक्रमका अध्यक्ष तथा पालिका उपाध्यक्ष गुन्जा देबी मौर्याले आउने आर्थिक बर्षको बजेटमा अपाङ्गता क्षेत्रलाई बिशेष रुपमा हेर्ने र बजेट पनि बिनियोजन गर्ने बताउनु भएको छ । साथै उहाँले निर्माणधिन रुपमा रहेका यस्ता नितिहरु हामी संग न रहँदा पालिका पछि परेको स्विकार्नु भएको छ । कार्यशाला दलित सामाजिक बिकास केन्द्रको आयोजना र यशोधरा गाउँपालिकाको सहयोगमा संचालन भएको हो । कार्यशालाको सहजीकरण धन कुमारी चौधरीले गर्नु भएको थियो भने संचालन दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदाशले गर्नु भएको थियो ।