बुद्ध जयन्ती मनाउने सम्बन्धमा स्थानिय संग छलफल

कपिलवस्तु जागरण
२५६९औ बुद्ध जयन्ती मनाउनको लागी आज बिहान स्थानिय सरोकारवालाहरु संगको एक छलफल कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ । बुद्ध जयन्ती मनाउनका्े लागी स्थानिय संग गरिएको यो पहिलो छलफल भएको सहभागीहरुले जनाएका छन् । लुम्बिनी बिकास कोषका परिषद सदस्य गोपी कृष्ण शर्माको अध्यक्षतामा भएको छलफलमा सुरक्षा निकायका पदाधिकारी , उद्योग बाणिज्य संघ , निर्माण ब्यवसायी संघ , संघ संस्था प्रतिनिधी , संचारकर्मी लगायत अन्य समाजसेवीहरुको सहभागितामा छलफल भएको हो ।
छलफल बाट यस बर्ष मनाईने बुद्ध जयन्ती अन्य बर्षहरुको तुलनामा पृथक र प्रभावकारी रुपमा मनाईने तय गरिएको छ । त्यसको लागी बिभिन्न ब्यक्तिहरुलाई जिम्मेवारी पनि प्रदान गरिएको छ । यस बर्ष बैषाख २७ गते देखी ३० गते सम्म नियमित कार्यक्रमहरुको योजना गरि बुद्ध जयन्ती मनाउने परिषद सदस्य गोपीकृष्ण शर्माले बताउनु भएको छ । उहाँले २७ गते देखी २९ गते सम्म नगरभरि दीप प्रज्वलन , २७ गते रक्तदान कार्यक्रम, २८ गते बुद्धको झाँकी प्रदर्शन , २९ गते शान्ति ध्यान यात्रा , ३० गते बेबी बुद्धको शोभा यात्रा र स्टेज कार्यक्रम साथै २६ गते देखी २९ गते सम्म बुद्ध संग सम्बन्धित साईट सरसफाई कार्यक्रमहरुको आयोजना गरिने आयोजक लुम्बिनी बिकास कोषका परिषद सदस्य गोपीकृण शर्माले बताउनु भएको छ ।

शान्ति ध्यायन यात्राका संयोजक तथा लोटस सुत्र ध्यायन केन्द्रका संयोजक (स्वामी ) राम अचल यादवले सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य ब्यक्तिहरुलाई पनि २९ गते साँझ गरिने शान्ति ध्यान यात्रामा सरिक हुन अग्रह समेत गर्नु भएको छ । अन्य बर्ष भन्दा यस बर्ष गरिने पृथक कार्यक्रम भएकोले सबै स्थानिय सर्बसाधारण , सरकारी निकायका ,संघ संस्था , समाजसेबी , संचारकर्मीहरुलाई सहभागि हुनको लागी आयोजकले अपिल समेत गरेको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group