जनता समाजवादी पार्टी नेपालको वडा नेतृत्वमा शमशेर अलि खाँन

कपिलवस्तु जागरण

जनता समाजवादी पार्टी  नेपाल बुद्धभूमि नगरपालिका वडा नं. १० को अबिधेशन बाट शमशेर अलि खाँनको नेतृत्वमा २१ सदस्यि वडा समिती आज गठन भएको छ ।अबिधेशन जसपा नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव को अध्यक्षतामा र  केन्द्रीय सदस्य अब्दुल रसिद खाँ को प्रमुख आथ्यितामा भएको हो ।  वडा अबिधेशनमा संघिय परिषद सदस्य राम नेवास यादव लगायतका नेता तथा कार्यक्रताहरुको उपस्थितीमा  भएको हो  । अधिबेशनमा करिब १ सय जना नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

अबिधेशनमा बोल्ने पार्टीका नेताहरु अब्दुल रसिद खाँ, शैलेन्द्र कुमार यादव , राम नेवास यादव लगायतले पार्टीको संगठनिक अवस्था , जसपा नेपालले गरेका अन्दोलनहरु बाट प्राप्त उपलब्धीहरु ,र गरिब , दलित , जनजाती , मधेशी , मुस्लिम समुदायको अधिकार प्राप्तीका लागि गरिरहेको संघर्षको बारेमा बताउनु भएको थियो । नवगठित वडा समितीलाई  सफल्ताको शुभकामना दिदै अगामी जेष्ठ ३ गते हुने जिल्ला अबिधेशनको लागी सक्रिय सहभागिता जनाउनको लागि जिल्ला अध्यक्ष  शैलेन्द्र यादवले अनुरोध समेत गर्नु भएको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group