
कपिलवस्तु जागरण
शाक्य गणराज्य प्राचीन कपिलवस्तु दरबार ( तिलौराकोट ) भित्र आज चौथो एसियाली बौद्ध संस्कृतिक महोत्सव औपचारिक रुपमा सम्पन्न भएको छ । बुद्ध संग सम्बन्धित कपिलवस्तु र रुपन्देही जिल्लाका पर्याटकिय स्थलहरु बुद्धको जन्म स्थल लुम्बिनी , मावली रामग्राम र २९ बर्ष बिताएको ठाउँ शाक्य गणराज्य प्राचीन कपिलवस्तु दरबार तिलौराकोटमा बौद्ध संस्कृतिक महोत्सव सम्पन्न भएको हो । बौद्ध संस्कृतिक महोत्सवमा बिभिन्न ३ दिने कार्यक्रम गरी आज तिलौराकोटमा औपचारिक रुपमा सम्पन्न भएको छ ।

बुद्धको जन्म स्थल लुम्बिनी , मावली रामग्राम र २९ बर्ष बिताएको ठाउँ शाक्य गणराज्य प्राचीन कपिलवस्तु दरबार तिलौराकोटमा एक एक दिने कार्यक्रम गरी औपचारिक रुपमा सो कार्यक्रम आज तिलौराकोटमा सम्पन्न भएकोे हो ।
नेपाल सरकार संस्कृति तथा पर्याटन मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम भएको हो ।पहिलो दिन लुम्बिनी, दोस्रो दिन रामग्राम र आज तोस्रो दिन शाक्य गणराज्य प्राचीन कपिलवस्तु दरबार ( तिलौराकोट ) भित्र कार्यक्रम गरिएको हो । आयोजित कार्यक्रममा ४४ देशहरुबाट आएका भिच्छु भिच्छुणीहरुले सामुहिक रुपमा बिश्व शान्तिका कामनाहरु समेत गरेका थिए । कार्यक्रममा बाल भिच्छुहरुको पनि सहभागिता रहेको थियो ।

चौथो एसियाली बौद्ध संस्कृतिक महोत्सव समापन समारोह भन्ते सुमाङ्खलो को अध्यक्षता तथा राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे को प्रमुख अतिथ्यतामा कार्यक्रम भएको कुरा लुम्बिनी बिकास कोषका माधव अचार्यले बताउनु भएको हो ।

शाक्य गणराज्य प्राचीन कपिलवस्तु दरबार ( तिलौराकोट ) घुम्न आएका एक मलेशिया र नर्बेका टिमका सदस्यहरुले गणराज्यको पुर्बी द्धारको अर्थ र महत्व अझै पनि प्रचार प्रसार गर्न सके धेरै पर्याटकहरुलाई यस दरबारमा ल्याउन सकिने बताएका छन् । त्यसै गरी स्थानिय समाजसेवी स्वामी राम अचल यादवले दिन प्रतिदिन यो दरबार शान्तिको केन्द्र बन्नु भन्दा टिकटक निर्माण स्थलको रुपमा बिकसित हुदै गएको बताउनु भएको छ । जसले यस दरबारको महत्वमाथी चोट पुर्याउदै गएको बताउनु भयो । स्वामी यादवले दरबारको पुर्बी द्धारको महत्व बताउँदै उक्त टीमका सदस्यहरुलाई ध्यायन पनि गराउनु भएको थियो ।