कपिलवस्तु जिल्लामा हरियो तरकारीले चिनेको वडा धनकौली


शत्रुघन खरविन्द ,कपिलवस्तु जागरण
तरकारीले हरियाली बनाएको वडा, जहाँ पसिनाले सपना फल्छ । धनकौली वडाको हरियो तरकारी सपनामा कृषकहरू भन्छन्, “सिचाइ माल र बजारको ग्यारेन्टी भए, हामी देशमै नमूना बन्न सक्छौं।” धनकौली अब केवल एक वडा होइन, जिल्ला तथा देशमा हरियो तरकारीको थोपो हो ।बिदेश पलायन भाइरहेका युवाहरुको लागि वडा १०का कृषकहरु प्रेणा बन्न सकछन् ।
बुद्धभुमि नगरपालिका वडा नम्बर १० तरकारी खेतीको लागि नमूना वडा बनेको छ । कपिलवस्तु जिल्लाको सदरुकाम तौलिहवासंग सटेको बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौली वडा व्यावसायिक तरकारी खेतीका लागि नमूना बनेको छ । ५ दशक अघिसम्म घर खर्चका लागि मात्र खेती गरिने अहिले त्यहाँ मौसमी तथा बेमौसमी तरकारी खेती टनका टन उत्पादन हुने गरेको छ । छिमेकी जिल्ला अर्घाखाँची ,रुपन्देही र जिल्ला संग सीमा जोडिएको भारतको सीमावर्ती क्षेत्रहरुमा समेत व्यावसयिक तरकारी खेतीका लागि धनकौली वडा प्रसिद्ध बनेको छ ।
पाँच दशकअघि देशका विभिन्न स्थानबाट बसाईसराई गरी आएका पाँच दश जनाले मात्र आफ्नो घर खर्चका लागि तरकारी उतपादन गर्दथे । तर अहिले तरकारी उत्पादनमा सो वडाले फड्को मारेको छ । केवट ,तेली लगायत जातिका कृषकहरुले गरेको नमूना तरकारी खेती हेर्न लायक छ । बाह्रै मास तरकारी खेती गरेर त्यहाँका कृषकले बार्षिक एकदेखि १० लाख रुपैयाँ कमाउने गरेका छन् । वडा १०का सडकमा साइकल, मोटरसाइकलमा तरकारी बोकेर बजार गइरहेका किसानहरूको दृश्य गाउँको बिहानको चिनारी बनेको छ ।


तथ्याङ्क कार्यालय कपिलवस्तुको २०७८ को जनगणान अनुसार बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलाी वडाको कुल जनसंख्या ९हजार ९ सय ८१ रहेको छ । जस्मा पुरुष ४हजार ९ सय १२ र महिला ५ हजार ६९ जना रहेका छन् ।
वडा कुल जनसंख्या मध्ये ३ हजार ३ सय ३४ जना कृषि पेसामा लागेर आयआर्जन गर्दैआएका छन्। तरकारी खेतीबाट वार्षिक एक लाख बढी कमाउने वडामा १सय ५० भन्दा बढी परिवार रहेका छन् । मोटर साईकल,साईकिल लगायत सधानबाट बजरमा कृषकहरुले तरकारी बेच्ना लाग्ने गरेका छन् ।
धनकौली वडामा २ सय २५ हेक्टरमा तरकारी खेती गरिन्छ । जसबाट बसन्त र हिउँदे गरी ४ हजार ६ सय मेट्कि टन तरकारी उत्पादान हुने गरको छ । सदरमुकामा तौलिहवादेखि ३ किलो मिटर उत्तर वाणगंगा नदीको छेउमा रहेको वडामा सुरुका दिनमा अभाव र कष्ट झेलेर कृषकहरुले सिमित जनाले कृषि पेसा अंगालेका थिए।
सुरुका दिनमा अभाव र कष्ट झेलेर कृषकहरुको मिहीनेत र परिश्रमले जीवन फेरीएको छ । धनकौली वडा जिल्ला मै सबैभन्दा बढी तरकारी उत्पादन गर्ने क्षेत्रको रुपमा स्थापित भएको छ ।
माटोको स्वादले मुहार फेरेको वडाका लोहौरौला , देउपुरा , शिवपुर (पाण्डितडीहावा) मथुरपुर(झालावा) ,चेतरादेइ ,मेतिनगर, भगावनपुर ,धर्मपुर ,हर्राहवा , पोखराहवा, विजगौरी ,गगनी ,हरादरडिहवा चेतरादेई लगायत गाउँका कृषकहरुको तरकारी उत्पादान तथा बिक्रीवितरण बाटै जीवन स्तरमाथि उठेको छ ।
तरकारी खेतीबाट राम्रो आम्दानी गरेका बुद्धभुमि वडा १० का कृषक रामेश केवट तरकारी खेतीबाट वार्षिक १० लाख बढी आम्दनी हुने गरेको बताए । सुरुका दिनमा टोकरीमा गाउँगाउँमा लगेर घुमिघुमि गरी तरकारी बेचेर जीवन निर्वाह गरेका आफ्ना बुवा बाजेको कुरा केवटले सुनए। सानै उमेरदेखि आफु पनि तरकारी खेति नै आंगलेको उनले भने । उनले अहिले तरकारी खेतीबाट मानग्य आम्दानी गर्ने कृषकको रुपमा चिनिएका छन् । अहिले रामेश केवटले १४ कट्ठा गोभी, खुर्सनी र सिमालमिर्च २ कट्ठा ,२ बिगाह जाति मुला अहिले लगाएका छन् भने अन्य तरकारीहरु जस्तै गजार ,बदाम ,तरबुजा, बोडी ,काक्रो लगायत खेती उनले गर्दै अएका छन् । तरकारी बेचेरै गाउँमा पक्की घर बनाएका छन् भने ठुलो छोरोलाई कठामण्डौ पढ्नका लागि पठाएका छन्, खेतीको लागि जग्गा र तरकारी बजार सम्म ढुवानीका लागि मोटरसाइकिल जोडन सफल भएको उनले बताए ।
यस्तै मोतिनगरका कृषक रामनौमी रैदसाको पुरै परिवार अहिले तरकारी खेती मै व्यस्त छन् ।केटाकेटीको पढाई,घर व्यवहार,उपचार सबै खर्च तरकारीले नै धानेको छ । उनले खुशी हुदै भने् । चेतरादेई गाउँ कृषक राम केवाल केवट, छंगुर केवट , राम चन्द्रा केवट , लोहरौलाका कृष्ण मोहन केवट , देउपुराका राममिलन तेली, गोराखनथा तेली , मथुरपुर(झालावा) कृषक बुद्धीराम केवट, मोतिनगरका गंगासगर केवट, धर्मपुरका हारीलाल केवट लगायत १सय ५० भन्दा बढी परिवार तरकारी खेतीबाट वाषर््िाक २ देखि ५ लाखसम्म आम्दनी गर्ने गरेका छन् ।
२०४० साल तिर सिचाईको सुविधा नहुँदा गाउँकै घोराही नाला तथा वाणगंगा नदीबाट बाँधबाधेर सिंचाई गरी खेती गर्दै आईरहेका थिए । वडामा अहिले पम्पी सेट ,बोरिङ , विजुली मोटरबाट पानी तरकारी बालीमा हाल्ने गरिएको देउपुराका राममिलन तेलीले बताए । सुरुका दिनमा गाउँका सबै कृषकहरुले निकै संघर्ष गर्नु परेको थियो , घर चलाउनै मुस्किल पथ्र्यो ।उनले विगत सम्झदै भने ,तरकारीबाट यस्तो स्थिति आउला भन्न कसैले कल्पनासम्म गरेको थिएन् । १०÷१५ वर्ष मै हेर्दाहेर्दै तरकारी खेतीबाट गाउँकै जीवन स्तरमा कायापलट भएको उनले सुनाए ।
कृषकहरुले सबैभनदा बढी टमाटर र बन्दागोभीबाट आम्दनी गर्ने गरका छन् । त्यस्तै गोभी ,काउली , भान्टा, बोडी, काक्रो ,भिन्डी ,करैला ,अरुयी, लौका लगायतका तरकारीबाट समेत बढी आम्दानी हुने गरेको उनीहरु बताउँछन् । एक कठ्ठा क्षेत्रमा लगाएको टमाटरबाट एकै सिजनमा १ लाख भन्दा बढीसम्म आफुहरुले कमाउने गरेको अर्का कृषक सत्यभामा केवटले बताइन् । ५ बर्ष अघिदेखि खेती गर्न लगेकी उनी निकै नै लोभ लाग्दा खेती गर्न सफल भएकी छिन् । आफु महिला भएर पनि खेतबाट तरकारी टिपी साइकिलमा राखेर बजार सम्म पु¥याने गर्छिन् । उनी अरु महिलाहरु तथा कृषकहरुका लागि प्रेणाक श्रोत बनेकी छन् ।


वडा १० धनकौली वणगंगा नदी संग सटेको हुनले बगर खेतीमा बदाम,सखरखण्ड, आलु ,तर्बुजा,खरबुजा ,काक्रो लगायतका चिसो फल तथा तरकारी उत्पादन गर्ने गरेका छन् । एकै सिजनमा एक देखि दुई लाख सम्म बगरे खेतीबाट आम्दानी गर्ने गरेको कृषकहरु बताउछन् ।सिचाई तथा मालको व्यवस्थापन समयमा भाइदिएमा धनकौली वडा को तरकारी जिल्लामा मात्र नभाइ देशमै नमूना हुने आगुव कृषकहरु बताउछन् ।
समयमा माल पाउन एक्दमै समस्य हुने गरेको छ । समयमा माल नपाउदा उत्पादान घटाने डार हुन्छ कृषकहरु बताउछन् । अर्काे तिर तरकारी उत्पादान बढी भएमा बजारीकरण को धेरै नै समस्य रहेका छ कृषकले भने । बजारीकरणको समस्यले गर्दा तरकारी धेरै उत्पादन भएका बजार मूल्य कम पाउने गरेका छन् भने भरतीय तरकारीले गर्दा वडामा उत्पादन भएको तरकारीको मूल्य राम्रो नपएको कृषकहरुको गुनासो रहेको छ । बिचौलिया ब्यापरीहरुलाई सस्तोमा बेच्ना बाध्य भएको उनीहरु बताउछन् ।
उत्पादन भएको तरकारी को बजारीकरणका लागि १० वर्ष अघि कृषकहरुको अगुवाईमा रामघाट कृषि संकलन केन्द्र खोलिएको थियो । उत्पादन भएको तरकारी को बजारीकरणका केहि समय ग¥यो तर प्रभावकरी हुन नसकेको रामघाट कृषि संकलन केन्द्र का अध्यक्ष बहरैची केवटले बताए । कृषकहरुको प्रयासलाई कदर गर्दै ततकालीन कृषि कार्यालयले दुई किस्ता गरी १० लाख र विभिन्न गैर सरकारी संस्थाले समेत रकम संकलना गरी केन्द्रका लागि सहयोग गरेका थिए ।
बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौली कार्यालयबाट केहि तरकारीको बीउबीजन , स्प्रे टङकी , उतकृष्ट कृषक समनन कार्यक्रम गर्दै आइरहेको वडा अध्यक्ष सन्दीप कुमार पाण्डेले बताए ।
बुद्धभुमि वडा १० का कृषकका लागि बुद्धभुमि नगरपालिका कार्यालयबाट विशेष ग्राहित दिएर काम गर्दै आएको नगर प्रमुख केश्व कुमार श्रेष्ठले बताए । कृषकहरुका लागि उन्नत जातको बीउ,विभिन्न किसिमको प्राविधिक सहयोग , हाते टक्टार , सचाईको लागि इलेक्ट्ररी मोटर, पाम्पीसेट, बोरिङ ,तरकारी खेती गर्न अनुदान लगायत कार्यकम्र बार्षिक रुपम गर्दै आइरहेको नगर प्रमुख श्रेष्ठले बताए । खेतीमा लाग्ने रोग ब्याधि सम्बन्धि सहयोग तथा सल्लाह दिदै आइरहेको ,कृषक सुचिकरण लगायत कार्यहरु भाइरहेको बुद्धभुमि कृषि शाखा प्रमुख देबीराम बेल्बासेले बताए।कृषि ज्ञान केन्द्र कपिलवस्तुबाट कृषकहरुकालागि उन्नत जातको बीउ , विभिन्न किसिमको मौसामी तथा बेमौसमी तरकारी बारे प्राविधिक ज्ञान लगायतका विषयमा जानकारी दिदै आएको छ । अहिले वडा हरियो तरकारी उत्पादनमा वृद्धि हुदै गएको छ ।
लोहरौलका कृषक कृष्ण मोहन केवट भन्छन्, “तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ, तर पानी, माल , बजारीकरणको व्यवस्था भए खेती अझै बढाउन सकिन्थ्यो।”कृषि विज्ञहरूका अनुसार तरकारी खेतीमा हेक्टरमा औसत १५ टनभन्दा बढी उत्पादन हुने भएकाले यसलाई प्राथमिकता दिए जिल्लाको कृषि उत्पादन र कृषकको आय दुवैमा उल्लेखनीय वृद्धि गर्न सकिने देखिएको छ।
कपिलवस्तु जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि जस्मा जम्मा ३ हजार ४६२ हेक्टर क्षेत्रफलमा मात्र तरकारी खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रका कपिलवस्तुका प्रमुख भास्कर पौडेलका अनुसार २०८०÷०८१ मा जिल्लामा ५० हजार ५१० मेट्रिक टन तरकारी उत्पादन भएको अर्थात १४.५९ प्रतिशात उत्पादकत्वा रहेको छ ।
धेरै जमिन तरकारी खेतीका लागि उपयुक्त भए पनि सिचाइको सुविधाको कमीले गर्दा उत्पादनमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । जिल्लाको ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये अहिले करिब ७१ हजार ५ सय हेक्टरमा धान, ३१ हजार ७३५ हेक्टरमा गहुँ खेती गरिन्छ । आर्थिक वर्ष २०८०÷०८१ मा ३७ हजार ७०७हेक्टर क्षेत्रफलमा सिचाइको सुविधा पुगेको जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय कपिलवस्तुमा तथ्याङ्क रहेको छ । सिचाइको सुविधा नपुगेकोले धेरैजसो खेत वर्षको अधिकांश समय बाँझै रहने गरेको स्थानीय कृषकहरू बताउँछन्।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group