
राम बालक यादव , कपिलवस्तु जागरण
६० औं अन्र्तराष्ट्रिय रगंभेद तथा उन्मुलनको लागि बहस तथा सहभोज कार्यक्रम आज कपिलवस्तु नगरपालिका वार्ड नं. ५ को डंगरीमा सम्पन्न भएको छ । हरेक वर्ष २१ मार्चको दिन यो दिवस मनाउने गरिन्छ । सन् १९६० मार्च २१ का दिन दक्षिण आफ्रिकामा भएको ऐतिहासिक जातीय अन्दोलनसगं यो दिवस जोडिएको छ । यसै किसिमले नेपालमा पनि भईरहेको जातीय विभेद तथा लैगिंक विभेदको अन्त्यका लागि विभिन्न सामाजिक सघ ंसंस्थाहरुले यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । नेपालको संविधान तह जातीय विभेद तथा लैगिंक हिसां मुक्त भनिए तापनि व्यवहारमा पुर्ण रुपमा लागु हुन सकेको छैन । त्यसको पुर्ण कार्यन्यवन तथा सामाजिक सचेतिकरणको लागि दलित सामाजिक विकास केन्द्रले डंगरीमा रगंभेद तथा जातीय भेदभाव उन्मुलनको लागि बहस तथा सहभोज कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रम दलित सामाजिक विकास केन्द्रका अध्यक्ष सुरजमति पासीको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयको प्रमुख आतिथ्यतामा भएको हो । त्यसैगरी अन्य आतिथिहरुमा जिल्ला प्रहरी कार्यालयका लोकेन्द्र सिहं कार्की , सशस्त्र प्रहरी कार्यालय डंगरीका प्रमुख र यशोधरा गाउँपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णानाथ पाण्डेय , मायादेवी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख वैतुल्लाह धुनिंया ,गैरसरकारी संस्था महासघं कपिलवस्तु शाखा अध्यक्ष जय प्रकाश पाण्डेय , अधिकारकर्मी , सञ्चारकर्मी लगायत रहनु भएको थियो ।

कार्यक्रममा २ वटा प्यानल विभाजन गरी संवाद गरिएको थियो । पहिलो चरणमा सामाजिक मूल्य मान्यतामा अधारित रही धर्मगुरुहरु सगंको सवांद धन कुमारी चौधरीले सचांलन गर्नुभएको थियो भने दोस्रो चरणको नितीगत सवांद दिनेश चन्द्र त्रिपाठीले सचांलन गर्नुभएको थियो । सचांलित कार्यक्रम यूनाईटेड मिसन टु नेपालको सहयोग र दलित सामाजिक विकास केन्द्रको आयोजनामा भएको हो । कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयलाई जातीय विभेद तथा लैगिंक हिसां अन्त्यका लागि तथा नितीगत कानुनहरुको कार्यान्वयनको विषयमा किशोरकिशोरीहरुले ध्यानाकर्षण पत्र पनि बुझाएका थिए ।

कार्यक्रमका वक्ताहरुले सरकारले नितीगत रुपमा सबै विभेदको अन्त्य गरे तापनि समाजमा अझै पनि रगंभेद , जातीयभेद , लैगिंकभेद रहीरहेको औल्याएका थिए ।यसको न्यूनीकरण तथा अन्त्यका लागि सामाजिक शिक्षा , नैतिक शिक्षा तथा मानवीय शिक्षाको आवश्यकता रहेको बताउँदै यसको अन्त्यका लागि सबैले हातेमालो गरी अगाडि बढनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम पछि सम्पूर्ण सहभागी तथा आतिथीहरु सहभोज कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा करिब तीन सय जनाको सहभागीता रहेको कुरा दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदासले बताउनु भएको छ ।कार्यक्रमलाई चरणबद्ध रुपमा बिन्दवासिनी हरिजन र राम रेखा वरुणले सचांलन गर्नुभएको थियो ।
