बकडेरिया सामुदायिक बनमा लोहरा थारु

कपिलवस्तु जागरण
बकडेरिया सामुदायिक बनको २२ औं साधारण सभा तथा ५ औं अबिधेशनले लोहरा थारुको अध्यक्षतामा १३ सदस्यि नयाँ कार्य समिती चयन गरेको छ । सामुदायिक बनको कार्यालय बकडेरियामा भएको साधारण सभा तथा अबिधेशनले ६४ लाख ५५ हजार ७ सय २३ रुपैयाको आर्थिक प्रतिबेदन पास गरेको छ ।
दुःख थारुको अध्यक्षतामा भएको साधारण सभा तथा अबिधेशनको प्रमुख अतिथीमा बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ रहनु भएको थियो भने बिशिष्ठ अतिथीमा वडा नं. २ का वडा अध्यक्ष शंकर बिष्ठ र बन प्रतिनिधी परशुराम पासी रहनु भएको थियो । त्यसै गरी अन्य अतिथीहरुमा छिमेकी सामुदायिक बनका अध्यक्ष लगायत रहनु भएको थियो ।

साधारण सभा तथा अबिधेशनको अवसर पारी सामुदायिक बनले आफ्‌ना उपभोताहरुको बीचमा रहेको ३ वटा महिला समुहलाई १ एक लाख को दरले ३ लाख रुपैया घुम्ती कोषको रुपमा अनुदान उपलब्ध गराएको छ । अनुदान पाउने समूहहरुमा कोपिला महिला समूह , लालीगुराँस महिला समुह र सागरमाथा महिला समुह रहेका छन् ।

त्यसै गरी सामुदायिक बनले समामुदायिक बनमा योगदान पुर्याएका र हाल मृत्यु भई सकेका बरिष्ठ सदस्य राम प्रसाद थारु र उपाध्यक्ष बालेश्वर थारुको परिवार लाई ५ हजारको दरले नगद र कदर पत्र सहित सम्मानित गरेको छ । सामुदायिक बनले श्री आधारभूत बिद्यालय बनडेरिया मा अध्ययनरत १० जना गरिब तथा जेहन्दार बिद्याथीैहरुलाई किताब कापी खरिदको लागी रु. ५०० को दरले नगद उपलब्ध गराएको छ भने १ सय ३३ जना बिद्यार्थीहरुको लागी स्टेशनरी बिद्यालयका प्रधानाध्यापकलाई बुझाईएको थियो ।साधारण सभामा बोल्ने वक्ताहरुले साधारण सभा तथा अबिधेशनको सफल्ताको कामना गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group