जिवन सुधार ज्ञान मेला २०८१ मा शिक्षा , ज्ञान र प्रबिधीका कुरा

कपिलबस्तु जागरण
कपिलवस्तुको दक्षिणी क्षेत्रमा आज पहिलो पटक जिवन सुधार ज्ञान मेला सम्पन्न भएको छ । मेलामा शिक्षा ,ज्ञान र प्रबिधिका कुराहरुमा जोड दिईएको थियो ।
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ३ तितिर्खामा उक्त मेला आयोजना गरिएका हो । मेला दलित सामाजिक बिकास केन्द्रको आयोजना , यशोधरा गाउँपालिकाको समन्वय र यूनाईटेड मिसन टु नेपालको सहयोगमा अनयोजना गरिएको थियो । दलित सामाजिक बिकास केन्द्रले उक्त क्षेत्रमा गर्दै आएको बिभिन्न परियोजना मार्फत समुदायमा पारेको प्रभावहरुको प्रदर्शनी गर्नु पनि मेलाको एक महत्वपुर्ण उद्धेश्य रहेको थियो । मेलामा बिभिन्न स्टलहरुमा समुदायको उत्पादन र कृषि प्रबिधीका कुराहरु राखिएको थियो ।


आयोजित यस जिवन सुधार ज्ञान मेला लाई संस्थाले गरेको काम लाई उजागर गर्नु र संस्थाको सामाजिक परिक्षणको रुपमा पनि बुझिएको थियो । मेला उदघाटन शत्रको अध्यक्षता दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष सुरजमती पासीले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक बिकास समितीका सभापति यामु गैरे रहनु भएको थियो भने बिशिष्ठ अतिथीहरुमा जिल्ला समन्वय समिती कपिलवस्तु प्रमुख बाबुराम आचार्य लगागत रहनु भएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी यामु गैरले कार्यक्रमको सफल्ताका शुभकामनाको साथै गैर सरकारी संस्थाहरुले यसै किसिमले आफुले गरेका कामहरुको प्रभावकारिता देखाउन पाउँदा परियोजनाका सफल्ताहरु पनि समुदायमा देखिने समुदायमा पनि प्रचार प्रसारहुने कुरा बताउनुको साथै संघ संस्थाहरुले कृषि तथा पशुपालन जस्ता कार्यहरुमा पनि जोड दिएमा किसानहरुको हित हुने कुरा बताउनु भएको हो । त्यसैगरी समन्वय समिती कपिलवस्तुका सभापति बाबुराम अचार्यले पनि यो कार्यक्रम कपिलवस्तुको नौलो कार्यक्रमको रुपमा रहेको साथै यस्ता कार्यक्रमहरु अन्य संघ संस्थाहरुले गर्न जरुरी रहेको बताउनु भएको थियो ।

आयोजित मेलामा परियोजना कार्य क्षेत्रका समुह ,समुदायका ब्यक्तिहरु , स्थानिय तहका प्रतिनिधीहरु ,संघ संस्थाका प्रतिनिधीहरु, संचारकर्मी तथा सर्ब साधारणहरुको सहभागिता रहेको थियो । आयोजित मेलामा महिलाहरुको क्षमता अभिबृद्धिको लागी कुर्सी दौड,हाँडी फोर र हाजिरी जवाफ प्रतियोगिता पनि गरिएको कुरा संस्थाका कार्यकारी निदर्े्‌शक राम शरण रैदास ले बताउनु भएको छ ।

भर्खरै
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group