कृषि क्षेत्रलाई प्रोत्साहन गर्न १ सय ३२ जना कृषकलाई स्प्रेटंकी

शत्रुघन खरविन्द ,( कपिलवस्तु जागरण )

कृषि क्षेत्रलाई प्रोत्साहन गर्नको लागी कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं. ३ फुलिकामा १ सय ३२ जना कृषकलाई स्प्रेटंकी यही ५ गते बितरण गरिएको छ । कृषि कार्यमा विषादी छर्न सजिलो र छिटो होस् भन्ने उदेश्यले इलेक्ट्रिक स्प्रेटंकी वितरण गरिएको हो । फुलिका वडाको ८० प्रतिशत लगानी र कृषकको २० प्रतिशत लगानीमा स्प्रेटंकी वितरण गरिएको पशु प्रविधिक युवराज घिमिरेले बताउनु भएको छ । एउटा स्प्रेटंकी बाट ५ जना कृषकहरु लाभान्वित हुने उहाँले बताउनु भयो । समाजसेवी राजेन्द्र यादवले खोती गर्न कृषकहरुको लागि स्प्रेटंकी विषादी छर्न धेरै फाइदा हुने बताउनु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ३ फुलिकाले कृषि खेतीमा सिचाइका लागि धेरै ठाउँ तटबन्ध निर्माण कार्य अगाडि बढाएकोमा कार्यालयलाइ धन्यवाद दिनु भएको थियो । स्प्रेटंकी पाएपछि कृषिक नरेन्द्र प्रसाद कुर्मीले आफ्नो खेतमा विषादी छर्न सजिलो हुने भएकोले खुसी व्यक्त गर्नु भएको छ ।

 मायादेवी गाउँपालिका वडा नम्बर ३ फुलिकाले कृषकहरू आफ्नो खेतीपातीबाट धेरै भन्दा धेरै उत्पादन वृद्धि गरि आयआर्जनमा आर्थिक स्तर माथि उकास्न स्प्रेटंकी वितरण गरिएको वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले बताउनु भएको छ । कृषि कार्यहरुमा सिचाइका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माण कार्यलाई प्रभावकारी ढंगले कार्यहरु भइरहेको र समय– समयमा कृषिमा लाग्ने मलखाँद तथा बिउबिजन वितरण गर्दै आइरहेको वडा अध्यक्ष यादवले बताउनु भयो । विगत दिनहरुबाट नै शिक्षा , स्वास्थ , कृषि लगायत कार्यक्रमको प्राथमिकताका साथ गर्दै आइरहेको उहाको भनाइ रहेको छ।  

भर्खरै
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group