सन्त रबिदासको जन्म ज्यन्ती कपिलवस्तुमा भब्यताका साथ मनाईयो

कपिलवस्तु जागरण

सन्त शिरोमणी गुरु रबिदासको ६४८औं जन्म ज्यन्ती समारेह तौलिहवामा भब्यत्ताका साथ आज मनाईएको छ । कपिलवस्तु बुद्ध बिहारको आयोजनामा र बिभिन्न सामाजिक अभियन्ताहरुको सहकार्यमा रबिदास जयन्ती मनाईएको हो ।

तौलिहवाको होटल तिलौराकोटमा आयोजित जन्म जयन्ती समारोहमा कपिलवस्तु र मित्र राष्ट्र भारतका सामाजिक अन्दोलनमा लागेका महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । कार्यक्रम कपिलवस्तु बुद्ध बिहार स‌घका अध्यक्ष राजकुमार यादवको अध्यक्षता तथा लुम्बनी प्रदेश संसद तथा पुर्ब पर्याटन मन्त्री जानकी प्रसाद यादवको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको बिशिष्ट अतिथीमा कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेल रहनु भएको थियो भने अन्य अतिथीहरुमा कपिलवस्तु अस्पताल बिकास समिती तौलिहवाका अध्यक्ष शिवलाल यादव लगायत रहनु भएको थियो ।

सन्त रविदास सन् १४५०–१५२० को आसपास मध्यकालीन भारतका एक प्रसिद्ध भक्ति आन्दोलनका सन्त, समाज सुधारक, कवि, र आध्यात्मिक गुरु हुनुहुन्थ्यो। उहाँलाई विशेष गरी भक्तिकालीन कवि र दलित समाजका आवाजका रूपमा स्मरण गरिन्छ। सन्त रविदासले जातीय विभेद र सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै भक्ति, समानता, र मानवतावादको सन्देश दिनु भएको थियो ।

सन्त रविदासको जन्म उत्तर प्रदेशको वाराणसी नजिकैको सीर गोवर्धनपुर भन्ने ठाउँमा भएको थियो। उहाँको जन्म एक दलित परिवारमा भएको थियो, जसले छाला छाल्ने चर्मकार पेशा गर्थ्यो। जातीय विभेद र छुवाछूतको सामना गर्दै हुर्किनु परे पनि उहाँ सानैदेखि आध्यात्मिक ज्ञानप्रति आकर्षित हुनुहुन्थ्यो।

सन्त रविदासले समानता, प्रेम, करुणा, र सार्वभौमिक भाइचाराको सन्देश दिनु भएको थियो । उहाँले जातीय भेदभावलाई कडा विरोध गर्दै भन्नु भएको थियो । मन चंगा तो कठौती में गंगा । यदि मन पवित्र छ भने साधारण ठाउँ पनि पवित्र हुन्छ। उहाँले यस्तो समाजको परिकल्पना हुनुहुन्थ्यो जहाँ कुनै भेदभाव नहोस्।

कार्यक्रममा बोल्ने वक्ताहरुले सन्त शिरोमणी गुरु रबिदासको जिवनीको वर्णन गर्नुका साथै उहाँले सिकाएका पाठहरुको अनुसरण गरी सामाजिक बिभेदका कुराहरुलाई समाजबाट हटाउनु पर्नेमा जोड दिनु भएको थियो । आज आयोजित कार्यक्रमको उद्धेश्यमाथी सामाजिक अभियन्ता रामशरण रैदासले प्रकाश पर्नु भएको थियो । कार्यक्रममा ४ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group