
कपिलवस्तु जागरण
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ९जगदीशपुर स्थित श्री सामुदायिक बिद्युत बितरक संस्थाको आज १६ औं वर्षिक साधारण सभा सम्पन्न भएको छ । यो कपिलवस्तुको एक मात्र सामुदायिक बिद्युत बितरक संस्था हो ।
२०६० सालमा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा दर्ता भई संस्थाले आज आफ्नो १६ औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको हो । संस्थाले आर्थिक बर्ष ०८० ÷०८१ मा ८८ लाख ३४ हजार २४ रुपैया १३ पैसाको कारोवार गरियोको कुरा आर्थिक प्रतिबेदनमा जनाईएको छ ।
संस्थाले शुरुमा आफ्ना सेवा क्षेत्र भित्र ३ वटा ट्रान्समिटर बाट सेवा शुरु गरी हाल १३ वटा ट्रान्समिटर बाट सेवा ग्राहकहरुलाई सेवा दिईरहेको छ । १ एक हजार १ सय १७ जना ग्राहकहरुले अहिले सहज रुपमा यस संस्था बाट सेवा लिईरहेको कुरा संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष अब्दुल रसिद खाँ को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा लुम्बिनी प्रदेशका पुर्ब स्वास्थ्य मन्त्री बिष्णु पंथी रहनु भएको थियो भने बिशिष्ठ अतिथीहरुमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल लगायत रहनु भएको थियो ।
आज भएको १६ औं साधारण सभा बाट संस्थालाई संंचालन गर्नको लागी बिधानका केही बुदाहरुमा संशोधन गर्नका लागी संस्थाका सल्लाहकार रिषीराम पौडेलले साधारण सभामा प्रस्ताव राख्नु भएको थियो र सो प्रस्ताव सेवाग्राही सदस्यहरुले सर्बसम्त पारित समेत गरेका थिए । जसमा संस्थाको हालको ठेगाना , संस्थाको भवन निर्माण र सेवा क्षेत्र बिस्तार लगायतका कुराहरु रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिष्णु पंथीले योसामुदायिक बिद्युत बितरक संस्थाको रुपमा स्थापित एक मात्र यो संस्था जनताको सेवामुखी संस्था हो । यो मोडेल नेपालमा प्रभावकारी मोडेल भएको बताउनु भयो । उहाँले बिकासको दृष्टिकोणले पछि परेको कपिलवस्तु पच्छिल्लो चरणमा बिकासको गति लिएको बताउनु भएको छ ।त्यसै गरी कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेलले सधारण सभाको सफल्ताको शुभकामना ब्यक्त गर्दै नगरपालिका बाट यस संस्थालाई हुने सहयोगहरु गर्ने कुरा बताउनु भएको हो ।
साधारण सभा संस्थाका सचिव शिवपुजन यादवको संचालनमा भएको थियो भने संस्थाका कोषाध्यक्ष देबी भण्डारीले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । सभामा बिद्युत सेवाग्राही , छिमकी वडाअध्यक्षहरु संचारकर्मी र अन्य संघ संस्थाका प्रतिनिधी, लगायतको सहभागिता रहेको थियो ।