सामुदायिक संयन्त्र द्धारा शैक्षिक शुधारको लागि ३ दिने तालिम ।

कपिलवस्तु जागरण
सामुदायिक संयन्त्र द्धारा शिक्षामा सुधार ल्याउने उद्धेश्यले शानसाईन सामाजिक बिकास संस्थाले ३ दिने तालिम हालै सम्पन्न गरेको छ । “शिक्षामा सामुदायिक संयन्त्रको सक्रिय सहभागिता बिषयक तालिम” संस्थाले यही मंशीर २० गते सम्पन्न गरेको हो । तालिममा यशोधरा गाउँपालिका भित्रका मदरशाहरुका प्रधानाध्यापक ,मदरसा ब्यवस्थापन समितीका पदाधिकारी र शुद्धोधन गाउँपािलिकामा रहेका बिद्यालयहरुका शिक्षक ,ब्यवस्थापन समितीका सदस्य , युवा तथा किशोर किसोरीहरुको सहभागिता रहेको थियो ।

बिद्यालयको शैक्षिक स्तरमा सुधार ल्याउनमा महत्वपुर्ण भुमिका खेल्नको लागि सामुदायिक संयन्त्रलाई तालिम दिएको कुरा आयोजक संस्थाले जनाएको छ ।संस्थाले शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिकामा संचालन गरेको सिमान्तकृत समुदायको लागि बिद्यालय शिक्षामा सामुदायिक सहकार्य परियोजना अन्तरगत उक्त तालिम संचालन गरेको थियो ।
युएसएआइडी को सहयोग र द एसिया फाउण्डेशन मुख्य कार्यन्वयन संस्था रहेको युएसए आइडी नागरिक समाज तथा संचार कार्यक्रम अन्तरगत उक्त तालिम संस्थाले संचालनमा गरेकोे थियो । तालिम उद्घाटन शत्रमा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले संस्थाले यसरी बिद्यालयका शिक्षक , अभिभावक , ब्यवस्थापन समिती र युवाहरुलाई एक ठाउँमा ल्याएर शिक्षामा देखीएका कमीकमजोरीहरुलाई पता लगाई स्थानिय स्तरबाट नै समाधानको प्रयासको लागी यो तालिम महत्वपुर्ण रहेको बताउनु भएको थियो ।

त्यसै गरी संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले संस्थाले संचालन गरेको यस शैक्षिक सुधारको अभियानमा सबै जनाको अ आफ्नो ठाउँमा महत्वपुर्ण भुमिका भएको नाताले यसरी बिभिन्न तहका ब्यक्तिहरुलाई यसरी बोलाइएको बताउनु भएको थियो । साथै उहाँले सनशाईन सामाजिक बिकास संस्था बढी शिक्षामै केन्द्रित भई आफ्ना कार्यक्रमहरु संचालन गरीरहेकोले आफुहरु संग परियोजना भए पनि न भएपनि तपाईहरुलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा समेत बताउनु भएको थियो ।
तीन दिने तालिमाको सहजीकरण प्रशिक्षक संजय कुमार पासीले गर्नु भएको थियो । तालिममा ३८ जनाको सहभागिता रहेको थियो । तालिमको अन्तिम दिन सहभागीहरुले तालिम पश्चात बिद्यालय , मदरसा तथा समुदायिक स्तरबाट शिक्षामा सुधार ल्याउनको लागि आफुहरुले गर्न सकिने कार्ययोजना समेत बनाएका थिए ।

भर्खरै
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group