सनशाईन संस्था द्धारा शैक्षिक सुधारको अभियान ।

कपिलवस्तु जागरण
सनशाईन सामाजिक बिकास संस्था बुद्धभुमि १० चेतरादेईले हिजो संस्कृतिक कार्यक्रम द्धारा शैक्षिक सुधारको अभियानको हिजो पाँचौ दिन सम्पन्न गरेको छ । संस्थाले शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिकामा संचालन गरेको सिमान्तकृत समुदायको लागि बिद्यालय शिक्षामा सामुदायिक सहकार्य परियोजना अन्तरगत उक्त अभियान संचालन गरेको थियो ।
युएसए आइडी को सहयोग र द एसिया फाउण्डेशन मुख्य कार्यन्वयन संस्था रहेको युएसए आइडी नागरिक समाज तथा संचार कार्यक्रम अन्तरगत उक्त अभियान संस्थाले संचालनमा ल्याएको थियो । अभियान शुद्धोधन गाउँपालिका वडा न २, ५ र ६ मा संचालन गरेको थियो । त्यसै गरी यशोधरा गाउँपालिकाको वडा नं. ४ परसोहिया र वडा नं. ८ को सिहोखोरमा संचालन गरेको हो

संस्कृतिक कार्यक्रम अवध जागरण मिडिया प्रा.लिका स्थानिय कलाकारहरुले शिक्षा मुलक गीत , नाटक , र नृत्य द्धारा शिक्षामा सुधार ल्याउने सन्देश दर्शक , अभिभावक , बिद्यार्थी लगायतका अत्यन्त सिमान्तकृत समुदायमा शैक्षिक सुधारको लागिअभिनय गरेका थिए ।
अभियानको क्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी ले संथाले शैक्षिक सुधारको लागी संचालन गरेको यो संस्कृतिक अभियान सरहनिय रहेको बताएका थिए । उहाँले पालिकाले गर्न न सकेको शिक्षामा सुभार ल्याउने अभियान संस्थाले गरेर पालिकाको शिक्षाको बिकासको लागी यो अभियान महत्वपुणर् रहेको बताएका थिए । त्यसै गरी वडा नं. २ का वडा अध्यक्ष मना्ेज यादवले संस्थाले गाउ गाउँमा गई संस्कृतिक कार्यक्रम मार्फत शैक्षिक चेतनाको स्तर बढाउनमा सहयोग गरेको बताएका थिए ।


त्यसै गरी यशोधरा गाउँ पालिकाको वडा नं. ४ मा मंशिर ९ गते भएको शिक्षा मुलक संस्कृतिक अभियान को कार्यक्रम वडा अध्यक्ष अहमद अलि खाँनको प्रमुख अतिथ्यतामा भएको थियो भने हिजो वडा नं.८ सिहोखोरुमा भएको कार्यक्रम को प्रमुख अतिथीमा वडा अध्यक्ष सहबुद्धिन मुसलमान रहनु भएको थियो । शिक्षा मुलक संस्कृतिक कार्यक्रम संगे २५ नवम्भर देखी संचालनमा रहेको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान लाई पनि संगै जोडिएको थियो । सो अभियान यशोधरा गाउँपालिकाको समन्वयमा शनसाईन सामाजिक बिकास संस्था , दलित सामाजिक बिकास केन्द्र र सेचन करुना सहकार्य गरेको थियो ।

भर्खरै
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group