उदाउँदो सुर्य लाई अर्घ दिए पछि छठ पर्बकाे समापन

(फोटो बुद्धभूमि १० अलिनगर घोराही नाला )

कपिलवस्तु जागरण
आज बिहान उदाउँदो सुर्य लाई अर्घ दिएर औपचारिक रुपमा छठ पर्ब समापन भएको छ । यो पर्ब नेपालको पुर्बी तराईका जिल्लाहरु बाट शुरु भई पश्चिमी जिल्लाहरुमा पनि हरेक बर्ष सर्दै गईरहेको छ ।
करिब १५ बर्ष पहिले कपिलबस्तुमा दुई चार जना बाट शुरु भएको यो पर्ब अहिले कपिलवस्तुका हरेक स्थानिय तहहरुमा भब्यताका साथ मनाईदै छ । हिजो साँझ बर्तालु भक्तजनहरुले अस्ताउँदो सुर्यलाई अर्घ दिएका थिए भने आज बिहान उदाँदो सुर्यलाई अर्घ दिएका हुन । छठीमाताले आफुहरुले सोचेको , मानेको पुरा भएपछि बर्तबसेको कुरा बर्तालुहरुको भनाई छ । कपिलबस्तुको बिभिन्न पबित्र नदीहरु , पोखरीहरु , नहर , घोराही नाला तथा ताल तलैयाहरुमा गएर यो पर्ब मनाईएको छ ।जिल्लाका बिभिन्न नदी तथा ताल तलैयाहरुका घाटहरुमा रातभरी भजन कृतनहरु पनि गिरएकाे थियाे ।

भर्खरै
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group