स्थानिय यूवाहरु द्धारा गाउँमा सरसफाई अभियान ।

कपिलवस्तु जागरण

बडा दशैं २०८१ को आगमन संगैं बुद्धभूमि नगरपालिका वडा नं. १० चेतरादेईका स्थानिय युवाहरु द्धारा गाउँको सरफाई अभियानमा जुटेका छन् । असोज २० गते बिहान चिय गफमा जुटेका युवाहरु एकासी दशैंका बेला गाउँलाई सरसफाई गरी सफा सुग्गघर बनाउनु पर्छ भन्ने सोचका साथा गाउँमा पसेका थिए । हिजो बिहान युवाहरुले चेतरादेई र मोतीनगर गाउँमा घरदैलो गरी आ आफेना घर अगाडीको फोहरहरु ब्यवस्थापन गर्ने बाटो अतिक्रमण गरी राखिएका सरसमान हटाई बाटो खाली गर्ने गाउँमा जानकारी गराएका थिए ।

साथै आज २१ गते बिहान ७ बजे देखी नै यूवाहरु फेरी पनि कोदालो, हाँसिया , बन्चरो , बेल्चा लिएर गाउँ भित्रका नालीहरु , पानी जम्ने ठाउँहरु, बाटोमा भएका घर टहरा , टंकी लगायतका हटाउने र सरफाई गर्ने कार्य गरेका छन् ।
सरसफाई अभियानमा वडा सदस्य मेघनाथ केवटको पनि सक्रिय सहभागिता रहेको थियो । कामको सिलशिलामा बाहिरा गएकाहरु , शिक्षक , अन्य कर्मचारीहरु दशैंको बेला घर पर्किए पछि उहाँहरुले आफ्नो गाउँ आफै सफा गर्नु पर्छ भन्ने उद्धेश्यका साथा अगाडी बढेका हुन् । स्थानिय राम सेवक यादव , तौलेशवर यादव , शिवलाल यादव ,बिक्रम खरबिन्द , परशुराम केवट , राधेश्याम केवट ,राघबेन्द्र खरबिन्द लगायतका युवाहरु नेतृत्व गर्दै अभियान लाई अगाडी बढाएका छन् ।
बर्खाको बेला सडक छेउछाउ पानी जम्ने , फोहर फाल्ने , एक आर्काको पानी थुन्ने , बाटोमा गोबर राख्ने जस्ता कार्यलाई निरुत्साहित गरी अबा उपरान्त बाटोमा त्यस्तो कर्य गर्ने लाई सामाजिक रुपमा दण्निय गर्ने अभियानका एक युवा राधेश्यम केवटले जनाएका छन् ।

करिब १५ बर्ष पहिला गाउँगाउँमा यस्ता सरसफाई अभियान जेष्ठ महिनामा संचालन हुन्थ्यो । गाउँका मानिसहरु बर्षात भन्दा पहिलै नै गाउँमा हिलो न होस पानी न जम्न पाओस रोग ब्याधी बाट कसैको अकालम ज्यान न जाओस भनेर सामाजिक रुपमा कामहरु गरिन्थ्यो । अहिले त्यो चलन हराएको कुरा स्थानिय शिवलाल यादवले बताएका छन् ।
गाउँमा फोहर भएपछि रोग ब्याधीको पनि सम्भावना बढ्ने खतरा देखिएकोले यसरी अभियान अगाडी बढाउनुपरेको कुरा राम सेवक यादवले बताउनु भयो । साथै उहाँले यस्ता अभियान हरेक गाउँ टोल बाट शुरु हुनु पर्छ र सबै युवाहरुले सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गर्नु पर्छ समेत बताउनु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group