
किपलवस्तु जागरण
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.२ कृष्णनगर बसपार्क बाट स्थानिय लवकुस भुज संगै अनुसंधानको क्रममा थप २ जना गरी ३ जना लाई प्रहरीले पक्राउ गरेको छ । लगकुश पक्राउ पछि अनुसंधान गर्दै जाँदा लु.९६ प.५६६५ नम्बरको मोटरसाईकिलमा लागु औषद खरिद गर्न आएका बुद्धभुमि नगरपालिका वडा नं. २ का २८ बर्षिय महेश थारु र बाणगंगा नगरपालिका १ बस्ने २४ बर्षिय बिपुल थारु पक्राउ परेको कुरा प्रहरीले जनाएको छ ।

लागु औषद खरिद बिक्री भईरहेको कुरा सुराकको अधारमा लागु औषध ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
लवकुश भुज शंका लागी खान तलासी गर्दा उनको साथबाट र उनको घरको कोठा बाट १५१.२१० ग्राम लागु औषध जस्तो देखिने खैरो रंगको निलो पदार्थ ( ब्राउन सुगर ) र दराज भित्र लुकाई राखेको लागुऔषद तौल गर्ने प्रयोग गरिने तराजु ४ थान र मोवाईल २ थान समातिएको छ ।
त्यसै गरी खरिद गर्न आएका महेश थारु बाट नगद ९० हजार र मोवाईल १ थान र बिपुल थारु बाट मोवाई १ थान प्रहरीले बरामद गरेको छ । उनीहरुलाई प्रहरीले यही कार्तिक १३ गते समात्न सफल भएको हो । कपिलवस्तु जिल्ला अदालत बाट ७ दिनको म्याद थपाई थप अनुसंधान भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।