कपिलवस्तु जागरण
अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा कपिलवस्तुको मायादेबी गाउँपालिका स्तरिय बालिका (गल्र्स ) भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।
खेलकुद मार्फत बालिकाहरुलाई शारीरिक , मानसिक रुपमा स्वास्थ्य बनाउनको साथै खेलकुदमा बालिकाहरुको पनि सहभागिता बृद्धि गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको कुरा आयोजक संस्थाले जनाएको छ ।
दलित सामाजिक बिकास केन्द्र र यूनाइटेड मिसान टु नेपालको संयुक्त साझेदारीमा संचालित परिवर्तनका लागि बालबालिका यूवा र समुदाय परियोजना को सहयोगमा प्रतियोगिता भएको हो । प्रतियोगिताको आयोजना मायादेबी गाउँपालिका स्तरिय प्रगतीशिल युवा समाजको आयोजनामा भएको हो ।
प्रतियोगिताको उद्धघाटन हिजो २१ गते मायादेबी गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमानले रिबन काटेर गर्नु भएको थियो । २ दिने भलिबल प्रतियोगिता पकडी स्थित छात्रपाली तिर्थादेबी माध्यमिक बिद्यालयको खेल मैदानमा भएको हो । प्रतियोगितामा मायादेबी वडा नं. १, २,४,५र ८ का ५ वटा यूवा कल्बका किशोरीहरु सहभागी भएका थिए ।
आज सम्पन्न भएको २ दिने प्रतियोगितामा वडा नंंंं १ का सुर्य यूवा कल्ब प्रथम ,वडा नं.५ का सुर्योदय युवा कल्ब दोस्रो र वडा नं. ८ का श्रृजनशिल युवा कल्ब तेस्रो स्थान हासिल गरेको थियो भने सन्तावन स्थान लुम्बिनी युवा समाज र जन कल्याण युवा कल्ब प्राप्त गरेको थियो । प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो स्थान हासिल गरेका यूवा कल्बहरुलाई क्रमशः १५हजार , १० हजार र ५ हजार नगद पुरस्कार र प्रमाण पत्र बितरण गरिएको थियो । उक्त पुरस्कार दलित सामाजिक बिकास केन्द्रको कोषाध्यक्ष निलम पासीले बितरण गर्नु भएको थियो । उहाँले किशोरीहरुलाई खेलकुद क्षेत्रमा आउनका लागि प्रोत्साहन गर्नु भएको थियो ।