सनशाईन संस्थाको वार्षिक उत्सवको अवसरमा रक्त दान कार्यक्रम सम्पन्न ।


कपिलवस्तु जागरण
सनशाईन सामाजिक बिकास संस्थाको २६ औं बार्षिक उत्सवको अवसरमा संस्थाले आज आयोजना गरेको रक्त दान कार्यक्रममा ३३ जना ले रक्तदान गर्नु भएको छ । २०५५ साल भाद्र ३० गते स्थापना भएको कपिलवस्तुको सनशाईन सामाजिक बिकास संस्स्थाले २६ बर्ष देखी समाजमा बिभिन्न सामाजिक मुद्दाहरुमा काम गर्दै आईरहेको छ ।
यसै बीचमा ८ बर्ष देखी संस्थाले आफ्नो वार्षिक स्थापना दिवसको अवसर पारेर नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आईरहेको छ । आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले रक्त अभावका कारण कसैले पनि ज्यान गुमाउन न परोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको कुरा बताउनु भएको छ । त्यसै गरी कार्यक्रमको उदघाटन शत्रको प्रमुख अतिथीको स्थान बाट बोल्दै बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले शनशाइन सामाजिक बिकास संस्थाले बुद्धभुमि नगरपालिकामा अग्रिणी संस्थाको रुपमा काम गर्दै आईरहेको बताउनु भएको थियो । संस्थाले नियमित रुपमा आठ बर्ष देखी रक्तदान कार्यक्रमको अयोजना गरी बिरामीहरुको ज्यान जोगाउने जस्ता परोपकारी कार्य गरेकोमा संस्थाको प्रसंशा गर्नु भएको थियो । उहाँले यसै बर्ष देखी बुद्धभुमि नगरपालिका भित्रको कुनै पनि नागरिकले रेडक्रस सोसाईटी तौलिहवा र बुटवलमा लाग्ने शुल्क तिर्न न पर्ने त्यसको ब्यवस्थापन पालिकाले गर्ने र बजेट पनिपालिकाले बिपिनयोजन गरी सकेको कुरा बताउनु भएको छ ।


त्यसै गरी कपिलबस्तु अस्पताल बिकास समितीका अध्यक्ष शिवलाल यादवले संस्थाले पबित्र रक्तदान कार्यक्रम गरेर अस्पतालमा आउने बिरामीहरुमा रक्त अभाव हुन न दिनमा सहयोग गरीरहेको कुरा बताउनु भएको छ । कार्यक्रम सनशाईन सामाजिक बिकास संस्थाको आयोजना तथा बुद्धभुमि नगरपालिकको सहयोगमा भएको हो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group