अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बिबिध कार्यक्रम

कपिलबस्तु जागरण कपिलवस्तु ।
सनशाईन सामाजिक बिकास संस्थाले अन्तराष्ट्रिय साक्षरता दिवस २०२४ को अवसरमा बिद्यालय शिक्षा लाई लच्छित गरी बिभिन्न शिक्षा मुलक कार्यक्रमहरु गरेको छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारी संस्थाले भादौ १९ गते शुद्धोधन गाउँपालिकाको लबनीमा निबन्घ लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
शुद्धोधन गाउँपालिका भित्र रहेका ७ वटा माध्यमिक बिद्यालय अन्तरगत ४ वटा बिद्यालयहरुले प्रतियोगितामा भाग लिएका थिए । सनशाईन सामाजिक बिकास संस्था यूएसआइडी , सिएसएम र द एसिया फाउण्डेशनको सहकार्यमा शुद्धोधन गाउँपालिकामा संचालित सिमान्तकृत समुदायको लागी बिद्यालय शिक्षामा सामुदायिक सहकार्य परियोजना अन्तरगत उक्त कार्यक्रम भएको कुरा कार्यक्रम संयोजक तुलसीराम यादवले बताउनु भएको छ ।
कार्यक्रममा २४ जना प्रतियोगी बालबालिकाहरुले सहभागिता जनाएका थिए । निबन्ध लेखन प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बिमिहा की छात्रा पुष्पा मुराउ प्रथम , सतकुमारी सेरचन मा.बि.का बिबेक यादव दोस्रो स्थान , नेपाल राष्ट्रिय नमुना मा.बि.की निशा चौधरी तेस्रो स्थान र मोती भारी मा.बि. लबनीका इबरार अलि मुसलमान ले सन्तावना स्थान हासिल गर्नु भएको थियो । त्यसै गरी वक्तृत्व कला प्रतियोगिता तर्फ श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बिमिहा का अजय कुमार यादव प्रथम स्थान , मोतीभारी मा.बि. लबनीका इन्द्रजीत यादव दोस्रो स्थान , नेपाल राष्ट्रिय नमुना मा.बि.की करिश्मा पाण्डेयले तेस्रो स्थान र नेपाल राष्ट्रिय मा.बि. बिमिहाका अदित्यराज चौधरी ले सन्तावना स्थान हासिल गर्नु भएको थियो ।


कार्यक्रमको समापन शत्रमा बिजयी प्रतियोगीहरुलाई बधाई तथा शुभकामना दिदै शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले अन्य सहभागी बिद्याथीहरुलाई मिहेनेत गरी अगाडी बढ्न प्रोत्साहन दिनु भएको थियो । साथै उहाँले स्थानिय सरकार तथा यहाँका बिद्यालयहरुले गर्न न सकेको बिद्यार्थीको लागी अतिरिक्त कृयाकलापहरु गरेर बिद्यार्थीको शैक्षिक स्तरमा सुधार ल्याउन खोजेको शनशाईन सामाजिक बिकास संस्थालाई धन्यबाद समेत दिनु भएको थियो ।त्यसै गरी उहाँले आउने आर्थिक बर्षका बजेटमा शिक्षाको क्षेत्रमा बढी भन्दा बढी बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group