दलितको २०औं बर्षिक उत्सवमा बिविध कार्यक्रम ।

कपिलवस्तु जागरण । भादाै ३ गते
दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुले हिजो आफ्नो २० औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । २०६१ साल भदौ २ गते कपिलवस्तुमा दलित समुदायको उत्थान र उनिहरुको अधिकार सुनिश्चित गर्ने उद्धेश्यले स्थापना गरिएको यस संस्थाले आज आफ्नो २०औ स्थापना दिवस भब्यताका साथ मनाएको छा ।
संस्थाका अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथीको रुपमा माननिय लुबिनी प्रदेश संसद सुधाकर पाण्डेय रहनु भएको थियो भने बिशिष्ठ अतिथीमा गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशिला बेलवासे रहनु भएको थियो । त्यसै गरी जिल्ला स्थित बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी , संस्थाका पदाधिकारी तथा कर्मचारी गरी १ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।


संस्थाका कर्मचारी तथा सदस्यहरुले वर्षिक अवसरको खुसीमा बिभिन्न संस्कृतिक कार्यक्रम , दलित अधिकार मुखी गीतहरु को साथै नाटकहरु पनि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा हालका कार्यकारी निर्देशक रामशरन रैदाशले संस्था स्थापनको पृष्ठभुमी र हालको अवस्थाको बारेमा चित्रण गर्नु भएको थियो । दलित अधिकार अन्दोलनका साथै संस्था द्धारा संचालित बिभिन्न कार्यक्रमहरुमा उत्कृष्ठ काम गर्ने कर्मचारी तथा सदस्यहरुलाई प्रसंसा पत्र द्धारा सम्मानित गरिएको थियो ।


कार्यक्रममा लुम्बिनी प्रदेश संसाद माननिय सुधाकर पाण्डेयले दलित सामाजिक बिकास केन्द्रले दलितहरुको हकहित र अधिकारको लागी खेलेको भुमिकाको सरहना गर्नु भएको थियो । साथै उहाँले नेपाल सरकारले संबिधानमै दलित अधिकारको ग्यारेन्टी गरेको कुरा बताउँदै दलितहरु सबै शिक्षित होयौं र समाजमा रहेका कुरीतीहरु सबै मिलेर ह्टाउन सक्छौ भनाईका साथै कार्यक्रमको सफलताको सुभकामना ब्यक्त गर्नु भएको थियो ।त्यसै गरी गैर सरकारी संस्था महासंध कपिलवस्तु शाखा सभापति जय प्रकाश पाण्डेय , सनशाईन सामाजिक बिकास संस्थाका पुर्ब अध्यक्ष तुलसीराम यादव लगायतले संस्थाको सफल्ताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम दलित सामाजिक बिकास केन्द्रका वरिष्ठ कर्मचारी गोबिन्द धवल र बिन्दवासिनी हरिजनले संचालन गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group