कपिलवस्तु जागरण
शिक्षामा ईमान्दारिता र सर्बपक्षिय सहयोग भए शैक्षिक गुणस्तर बढाउन सकिने कुरा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमले्श शरण चौधरीले एक कार्यक्रममा बताउनु भएको छ । द एशिया फाउन्डेशन नेपाल द्वारा कार्यन्वयनमा रहेको यूएसएआईडी ,सि यस एम, कार्यक्रम अन्तरगत द एशिया फाउन्डेसन नेपाल र सनशाइन सामाजिक बिकास संस्थाको संयुक्त साझेदारीमा यशोधरा तथा शुद्घोधन गाउँपालिकामा सञ्चालित “सिमान्तकृत समुदायको लागि बिद्यालय शिक्षामा सामुदायिक सहकार्य” परियोजना अन्तरगत संचालन भईरहेको ३ दिने तालिमको उदघाटन शत्रमा उहाँले बताउनु भएको छ ।
तालिम मार्फत शिक्षामा गुणस्तरियता र सिमान्तकृत समुदायको शिक्षा सम्मको पहुँच अभिबृद्धि गर्नको लागि तालिमको आयोना गरिएको कुरा सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताउनु भएको छ । त्यसै गरी शुद्धोधन गाउँपालिका शिक्षा शाखा प्रमुख घनी प्रसाद शर्माले सिमान्तकृत समुदायको शैक्षिक गुणस्तरमा बृद्धि र पहुँच अभिबृद्धिको लागी बिभिन्न कार्यक्रमहरुलाई अगाडी बढाएको बताउनु भएको छ । साथै यस क्षेत्रको बिकासको लागी अन्य गैर सरकारी संघ संस्थाहरु संग सहकार्य गर्न आफुहरु तयार रहनु भएको बताउनु भएको छ ।
श्रावण १० गते देखी १२ गते सम्म बाणगंगा नगरपालिकाको वडा नं. ३ मा अवस्थित होटल थ्री एस प्रा.लि. मा संचालित उक्त तालिममा उहाँले यस्तो बताउनु भएको छ । शिक्षामा सामुदायिक संयन्त्रको सक्रिय सहभागिता बिषयक ३ दिने तालिम आज देखी शुरु भएको छ । तालिममा शुद्धोधन गाउँपालिका भित्रका रहेका बिद्यालयका शिक्षक , अभिभावक आमा समूह र सिमान्तकृत समुदाय , अपांगता भएका मानिसहरु गरी ३३ जनाको सहभागिता रहेको छ । तालिममा प्रशिक्षण प्रशिक्षक संजय कुमार पासी र जुनु सुनार ले दिनु भएको छ ।