कपिलवस्तु जागरण
राष्ट्रिय बृक्षारोपण दिवस २०८१ को अवसरमा आज कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. ५ को कोटिहवामा रहेको करिब २ हेक्टर जग्गामा बृक्षा रोपण गरिएको छ । गौतम बुद्ध सामुदायिक बन क्षेत्र भित्र रहेको उक्त अतिक्रमित जग्गालाई छोडाई बृक्षा रोपण कार्य गरिएको कुरा सामुदायिक बनका अध्यक्ष सुर्य बहादुर मल्ले बताउनु भएको छ ।
“भावी सन्तती र समृद्धिका लागी बृक्षा रोपण गरौं ” भन्ने नारा लाई सकार बनाउन आज बिहान उक्त ठाउँमा करिब ३ तीन हजार २ सय टीक जातका बिरुवा रोपिएका छन् । डिभिजन बन कार्यालय कपिलवस्तुको आयोजनामा र गौतम बुद्ध सामुदायिक बनको सक्रियतामा उक्त कार्य भएको हो ।
डिभिजन बन कार्यलय कपिलवस्तुका बन अधिकृत बिजयराज सुबेदी , वरिष्ठ बन अधिकृत खिल बहादुर तमाङ्ग , सब डिभिजन बन कार्यलय बडहराका प्रतिनिधी , सामुदायिक बन उपभोक्ता समितीका पदाधिकारी , जन प्रतिनिधीहरु सुमन लोहार र आरती कोरी लगायतको उपस्थितीमा बृक्षा रोपण गरिएको हो । बन क्षेत्रको सिमान भित्र अतिक्रमण गरी कृषि कार्य गर्दै आईरहेका , घर टहरा बनाई बसोवास गरीरहेको त्यस्तो जग्गाहरु सामुदायिक बनहरु मर्फत खाली गराई बृक्षा रोपणको भईरहेको कुरा जिल्ला बन अधिकृत बिजय राज सुबेदीले बताउनु भएको हो ।
बर्षौ देखी अतिक्रमण गरि खनजोत गर्दै आईरहेको स्थानिय उपभोक्ताहरुलाई सम्झाई बुझाई बन तथा वातावरणको बारेमा जानकारी गराई अतिक्रमित जग्गालाई खाली गराएको र देशै भरी चलिरहेको बृक्षारोपण अभियान अन्तरगत हामीले पनि अगाडी बढेको , जलवायु परिवर्तन न्युनिकरण गर्नको लागि पनि बृक्षा रोपण कार्य अपरिहार्य रहेकोले बृक्षा रोपण गरीएको कुरा सामुदायिक बनका अध्यक्ष सुर्य बहादुर मल्ले बताउनु भयो ।