स्थानिय स्वयम सेवकका लागि ५ दिने कचहरी नाटक तालिम सम्पन्न ।


कपिलवस्तु जागरण

कपिलवस्तुको यशोधरा र शुद्धोधन गाउँपालिका स्थानिय स्वपयम सेवकहरुको लागि ५ दिने कचहरी नाटक तालिमा शनिवार सम्पन्न भएको छ । द एसिया फाउण्डेशन द्वारा कार्यन्वयनमा रहेको यू.एस.ए .आई डी , सिभिल सोसाईटी र मिडिया (सि.एस.एम) कार्यक्रम अन्तरगत द एसिया फाउण्डेशन नेपाल र सनशाईन सामाजिक बिकास संस्थाको संयुक्त साझेदारीमा संचालित एक परियोजना अन्तरगत उक्त तालिम समपन्न भएकोहो ।
कचहरी नाटक मार्फत सिमान्तकृत समुदायका बालबालिकाहरुको बिद्यालय शिक्षामा सहजरुप पहुँच अभिबृद्धिका लागि तालिम संचालन गरिएकोको हो । तालिम पश्चात स्थानिय नाटककारहरु मार्फत शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिका भित्र बिभिन्न स्थानमा कचहरी नाटक प्रदर्शन गर्ने कुरा संस्थाका सचिव दिलिपकुमार यादवले बताउनु भएको छ । बैषाख ४ गते देखी ८ गते सम्म ५ दिने कचाहरी नाटक तालिम संचालन भएको हो ।


थी्र एस होटल प्रा.लि. राजापानी कपिलवस्तुमा संचालित उक्त तालिमको समापन सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले गर्नु भएको थियो । उहाँले तालिम समापन कार्यक्रममा स्थानिय कलाकारहरुलाई सफलताको शुभ कामना को साथै परियोजनाले लिएको लक्ष्यहरु प्राप्ती गर्नमा नाटकाकरहरुको महत्वपुणर् योगदान रहेको बताउनु भएको थियो । १० जना स्थानिय नाटकाकर स्वयम सेवकहरुले तालिम लिएका हुन । तालिम फोरम थेटरका डाइरेक्टर सरिता कुमारी शाहले दिनु भएको हो । संस्थाका कार्यकारी निर्देशक शम्भमु प्रसाद हरिजनले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान सहभागीहरुलाई अनुरोध गर्नु भएको थियो ।


तालिम समापन कार्यक्रममा सक्रिय सहभागिताको प्रमाण पत्र संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले सहभागीहरुलाई प्रदान गर्नु भएको हो । साथै तालिममा सिकेका कुराहरुलाई कचहरी नाटकको माध्ययमबाट समुदायमा प्रदर्शन गर्ने कुरा तालिमका सहभागी सन्तोष जैसवालले बताउनु भयो । साथै उहाँले आफुहरुमा कचहरी नाटक खेल्न सकिने सिपको बिकास भएको कुरा बताउनु छ । यस सीप बिकासले कचहरी नाटकको माध्ययमले समुदायमा सकारात्मक परिवर्तन आउन सकिने कुरामा आर्का सहभागी सबिता गुप्ताले बताउनु भएको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group