शिक्षामा पहुँच अभिबृद्धिका लागि कचहरी नाटक

      कपिलवस्तु जागरण

शिक्षामा सिमान्तकृत समुदायको पहुँच अभिबृद्धिका लागि सनशाईन सामाजिक बिकास संस्था कपिलवस्तुले गाउँ गाउँमा कचहरी नाटक प्रदर्शन गर्ने कार्यको सुरुवात गरेको छ ।अति बिपन्न गरिब , दलित,मुस्लिम र नेटुवा समुदायको बिद्यालय शिक्षामा पहुँच गराउने उद्धेश्यले नाटक प्रदर्शन गर्न लागिएको हाे।

उक्त नाटक यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकाका बिभिन्न वडाहरुमा प्रदर्शन गर्ने कुरा आयोजक संस्थाले जनाएको छ । द एसिय फाउण्डेशन नेपाल द्धारा कार्यन्वयनमा रहेको युएसएआईडी सिभिल सोसाईटी र मिडिया कार्यक्रम अन्तरगत द एसिया फाउण्डेशन र सनशाईन सामाजिक बिकास संस्थाको साझेदारीमा संचालन भएको सिमान्तकृत समुदायको लागि बिद्यालय शिक्षामा सामुदायिक सहकार्य परियोजना अन्तरगत लच्क्षित बस्ती बस्तीहरुमा कचहरी नाटक प्रदर्शन गर्न थालिएको कुरा कार्यक्रम संयोजक तुलसी राम यादवले बताउनु भएको छ ।

हिजो बुधवार शुद्धोधन गाउँपालिकाको वडा नंं.४ मोतीभारी , मधुनगरामा कचाहरी नाटक प्रदर्शन भएको हो । नाटक करिब एक सय चन्दा बढी स्थानिय समुदायले हेर्नु भएको थियो । शिक्षाको बिषयमा यथार्थ चित्रण गरेको नाटकमा दर्शकहरुले शिक्षा क्षेत्रमा देखिएका बाधाहरुलाई हटाउनको लागि अ आफ्ना सुझावहरु पेश गरेका थिए ।

नाटकले शिक्षामा पहुँच न हुँदा खेरी भएका समस्याहरुलाई देखेर आफुलाई सम्झिदा स्थानिय अदालत चमारले आँखा बाट आँशु थाम्न सक्नु भएन । उहाँले अब सिमान्तकृत समुदायले  शिक्षाका बाधाहरुलाई हटाउनु पर्नेमा जोड दिनु भएको थियो । त्यसै गरी स्थानिय गुडिया चमारले  कचाहरी नाटकमा देखाईएका सास्याहरु यही समाजको रहेको र समाधानका हामीले नै लाग्नु पर्नेमा जोड दिनु भएको थियो । साथै नाटकमा शिक्षाका बाधा तथा बाधकहरुलाइ देखेर अब समुदायमा यसकाे बिरुद्धमा जनचेतना जगाउन अवश्यक रहेकाे कुरा गुडिया चमारले बताउनु भयाे ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group