सांसद यादवको प्रश्न– जिबी राईलाई किन पक्राउ गरिएन ?

काठमाडौँ — जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न जिबी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिबी राईको संलग्नता रहेको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए ।

उनले वीरगञ्जवासीले प्रहरीमा उजुरी दिएपनि हालसम्म छानबिन अगाडी नबढेको जानकारी दिए । राईले बिना धितो वीरगञ्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको र प्रहरीले जिबी राई लगायतलाई किन पक्राउ गरिएन भन्ने प्रश्न गरे ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group