सामुदायिक बिद्युत बितरक संस्था जगदीशपुरको साधारण सभामा हाम्राे जगदीशपुर राम्राे जगदीशपुर बनाउनमा जाेड

कपिलवस्तु जागरण
कपिलवस्तु नगरपालिका वडा नं.९ स्थित सामुदायिक बिद्युत बितरक संस्था जगदीशपुरको १५ औं साधारण सभा आज सम्पन्न भएको छ । सभाले अगामी ५बर्षको लागी अब्दुल रसिद खाँ को नेतृत्वमा पुन ः त्यही समितीलाई जिम्मेवारी दिएको छ ।
सामुदायिक बिद्युत बितरक संस्थाका अध्यक्ष अब्दुल रसिद खाँको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथीमा लुम्बिनी प्रदेश संसद बिष्णु पंथी रहनु भएको थियो । त्यसै गरी बिशिष्ठ अतिथीमा नेपाल बिद्युत प्राधिकरण तौलिहवाका गौरव पाण्डेय रहनु भएको थियो भने अन्य अतिथीहरुमा वडा नं.९ का वडा अध्यक्ष दिपक गुरुङ्ग , वडा नं. १० का मोहन शर्मा, वडा नं. ११ का राम गोपाल यादव लगायत रहनु भएको थियो । कार्यक्रममा अन्य अधिकारवाला तथा सरोकारवाला सामुदायिक बिद्युत बितरण संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव शिव पुजन यादवले गर्नु भएको थियो ।


करिब २ सय ५० जना सदस्य बाट २०६२ सालमा स्थापना भएको यस संस्थामा हाल १ हजार ६८ जना सदस्यहरु रहेको कुरा अध्यक्ष अब्दुल रसिद खाँ बताउनु भएको छ । संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ८३ लाख २२ हजार ३ सय ७५ रुपैयाको कारोबार गरेको कुरा आर्थिक प्रतिबेदनमा उल्लेख गरिएको छ । आर्थिक प्रतिबेदन संस्थाका सल्लाहकार इन्द्र प्रसाद हरिजनले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पंथीले संस्थाको प्रगतीको कामना गर्दे कपिलवस्तु जिल्लामा सामुदायिक बिद्युत बितरक संस्थाको रुपमा जगदीशपुरमा रहेको यो एक मात्र संस्था हो । यो संस्था सरकारले चलाएका अन्य संस्थाहरु भन्दा धेरै राम्रो काम गरेको सामुदायिक संस्थाको रुपमा रहेको चर्चा गर्नु भएको थियो । उहाँले लागत ब्यवस्थापन र सेवाका हिसाबले यस सामुदायिक संस्थाले राम्रो गरीरहेको बताउनु भएको छ । साथै राजनितिक दलका प्रतिनिधीहरुलाई बिकासमा राजनिती न गर्न अग्रह गर्नु भएको छ । बिकास हाम्रो एकताको कडी हुनु पर्छ , बिकासको लागी हामी एक हुनु पर्छ र हाम्रो जगदीशपुर ,राम्रो जगदीशपुर बनाउनमा हामी सबैको योगदान हुनु पर्छ र हामी एक हुनु पर्छ भन्ने सन्देश दिनु भएको थियो । पर्याटन तथा प्राकृतिक हिसाबले महत्वपुणर् स्थानको रुपमा परिचित रहेको यस जगदीशपुर क्षेत्रको गरिबीलाई हामी पर्याटनको माध्ययमले पनि हटाउन सक्छौं र पर्याटकिय गनतब्यको लागी हामी अगाडी बढौं भन्ने बिचार ब्यक्त गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group